सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जाडोमा किन खाने मेथी ? यी हुन् मेथी खानुका चमत्कारीक फाइदा !

जाडोयाममा हरियो सागपात पर्याप्त मात्रामा उपलब्ध हुन्छ ।तीमध्ये मेथीको साग पनि धेरैलाई मन पर्छ ।मेथीको सागमा भिटामिन ए, सी, फाइबर, क्याल्शियम, आइरन, सेलेनियम, म्यागनीज, म्याग्नेशियम आदि पोषक तत्व र एन्टी अक्सीडेन्ट गुण हुन्छ ।यसको सेवनले पाचन प्रणाली तन्दुरुस्त हुन्छ ।

यसबाहेक वजन र डायबिटीज नियन्त्रण राख्न सहयोग पुर्याउँछ ।आज हामी मेथीको साग दिनहुँको भोजनमा समावेश गर्ने तरिका र यसबाट हुने फाइदाको बारेमा जानकारी दिँदैछौं ।मेथीको सागलाई तरकारी, साग, परौठा, जूस, लड्डू आदिमा समावेश गर्न सकिन्छ ।मेथीको साग सेवनका फाइदाःजाडोयाममा ज्येष्ठ नागरिकलाई जोर्नीको समस्या हुन्छ ।यी सबै समस्याबाट बच्नका लागि मेथीको लड्डू बनाएर खान सकिन्छ ।यसबाहेक मेथीको सागलाई तरकारीको रुपमा पनि खान सकिन्छ ।

मधुमेह नियन्त्रणका लागिःमधुमेहका विरामीले आफ्नो दिनहुँको भोजनमा मेथी समावेश गर्नु आवश्यक छ ।यसमा समावेश अमीनो एसिडले ब्लड शुगर नियन्त्रण गर्न सहयोग पुरÞ्याँउछ ।वजन घटाउनका लागिःवजन नियन्त्रण गर्नका लागि मेथीको साग फाइदाजनक मानिन्छ ।यसमा फाइबर धेरै र क्यालोरी कम मात्रामा हुन्छ ।यसमा समावेश फाइबरले भोक नियन्त्रण गर्नमा सहयोग पुरÞ्याउँछ, जसले वजन बढाउने समस्याबाट बचाव गर्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हड्डी बलियो बनाउनःक्याल्शियम, प्रोटीन आदि पोषक तत्वले भरिपूर्ण मेथीको साग हड्डीका लागि पनि फाइदाजनक हुन्छ ।यसले हड्डी बलियो बनाउनुको साथै विकासमा पनि सहयोग पुरÞ्याउँछ ।यसमा समावेश प्रोटीन बोन मेटाबलिज्मका लागि अति फाइदाजनक हुन्छ ।बालबालिकादेखि वृद्धासम्मले मेथीको सागको सेवन गर्नु आवश्यक छ ।

Dirghayu Ads

कपालका लागिःस्वास्थ कपालका लागि पनि मेथी फाइदाजनक मानिन्छ ।यसको सेवनले कपाल पनि जरैबाट बलियो हुन्छ ।मेथीको हेयर मास्क बनाएर लगाउन पनि सकिन्छ ।यसका लागि केहि मेथीको पात्र पिसेर पेस्ट बनाउने र पेस्टलाई टाउकोको छालादेखि सम्पूर्ण कपालमा लगाउनु पर्छ ।यसो गर्नाले कपाललाई जरैबाट पोषण प्राप्त हुनुको साथै कालो, बाक्लो, मुलायम र चम्किलो हुन्छ ।

पाचन प्रणाली बलियो बनाउनःजुन मानिसलाई पाचन सम्बन्धि समस्या हुन्छ, उनीहरुले मेथीको साग दिनहुँ खानु पर्छ ।यसमा पर्याप्त मात्रामा फाइबर, क्याल्शियम, आइरन, एन्टी–अक्सीडेन्ट, एन्टी–ब्याक्टेरियल गुण हुन्छ ।यसको सेवनले कब्जियत,एसिडिटी,अपच जस्ता आदि समस्याबाट छुटकारा प्राप्त हुन्छ । gnewsnepal.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.