Bedkot Samudayik Ban

आज (बुधबार) पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
42
Shares

साताको चौथो दिन अर्थात आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

Arus

सोमबार तोलामा १६०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँ रहेको थियो।

Karnali Traders

सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २२५ रहेको छ। मंगलबार चाँदी प्रतितोला रु एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

Total
42
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
42
Share