Bedkot Samudayik Ban

सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन हुँदैन : अध्यक्ष प्रचण्ड

Sana Kishan
Total
16
Shares

धनगढी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।

Arus

बुधबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् ।

यस्तै उनले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताए । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष दाहालले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।उनले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् ।

प्रचण्ड भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न पूर्वी कैलाली पुगेका छन् । उनी यहाँ रहँदा विभिन्न ठाउँमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
16
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
16
Share