सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दामोदर भण्डारीलाई एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने सहमति

बैतडी – बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीलाई एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने सहमति भएको छ ।

सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्ट सहितका केन्द्रीय सदस्यहरुको ललितपुरमा बसेको अनौपचारिक बैठकले भण्डारीलाई प्रदेश अध्यक्ष बनाउने सहमति गरेको बताइएको छ ।

भण्डारीलाई प्रदेश अध्यक्ष बनाउने बिषयमा सहमति भएको र यसलाई औपचारिकता मात्रै दिन बाँकी रहेको एमाले बैतडीका जिल्ला कमिटि सदस्य लोकबहादुर भण्डारीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भण्डारी दुई पटक प्रतिनिधि सभा सदस्य, संघीय सरकारको अर्थराज्यमन्त्री र बैतडीमा १० वर्ष पार्टीको नेतृत्व समेत गरिसकेकोले प्रदेशको जिम्मेवारी दिइनु पर्ने बताइएको छ । भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

१० औं महाधिवेशन लगत्तै प्रदेश अध्यक्ष बनाउने सहमति भएपछि भण्डारी यसपटक केन्द्रीय सदस्यको उम्मेदवार नहुने स्रोतले बताएको छ । सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १७ जना केन्द्रीय सदस्यमध्ये अधिकांशको सो बैठकमा उपस्थिति रहेको बताइएको छ ।

स्रोतका अनुसार सो बैठक बारे केन्द्रीय उपाध्यक्ष डा. भीमवबहादुर रावल र उनी निकट झपटबहादुर रावल र प्रकाशबहादुर शाह सहभागी थिएनन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.