Bedkot Samudayik Ban

भीम रावलले मलाई चुनौती दिनुभएको होइन, सम्मान देखाउनुभएको हो : केपी शर्मा ओली

Sana Kishan
Total
12
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनौती नदिएको बताउनुभएको छ । आज मङ्गलवार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

Arus

उहाँले भन्नुभयो, ‘रावलजीले मलाई चुनौती दिनुभएको होइन । उहाँको शब्दमा ध्यान दिनुहोस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएको छ । म बढी खट्ने भएर गाह्रो हुने भएर उहाँले त्यसो भए म उठ्छु भन्नुभएको हो ।’

अध्यक्ष ओलीले भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने गरेको घोषणालाई सुझावका रूपमा लिनुपर्ने बताउनुभएको छ । ‘उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यस्तो सुझाव सबैले मन पराउँछन्’, ओलीले भन्नुभयो ।

गएको आइतवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । उपाध्यक्ष रावलले विभिन्न कारण दिँदै उम्मेदवारी घोषणा गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
12
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
12
Share