Bedkot Samudayik Ban

बैतडी जिल्लाको गुरुखोला स्वास्थ्यचौकी अब किशोरकिशोरीमैत्री

Sana Kishan
Total
54
Shares

बैतडी– बैतडीको गुरुखोला स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले गुरुखोला स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरेको हो ।

Arus

किशोरकिशोरीहरुलाई विभिन्न खालका स्वास्थ्य सेवा प्रदान गर्नका लागि अलगै कक्षको व्यवस्थापन गरि उनीहरुलाई चाहे अनुसारको सेवा सुचारु भएपछि गुरुखोला स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएको गुरुखोला स्वास्थ्यचौकीका इन्चार्ज लवदेव भट्टले बताए । उनले भने ‘अहिले हाम्रो स्वास्थ्यचौकीमा किशोरकिशोरीहरु निर्धक्क रुपमा सेवा प्राप्त गरिरहेका छन् । उनीहरुलाई अलगै कक्षको व्यवस्था गरिएको छ । तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको समेत व्यवस्था गरिएको छ ।’

किशोरकिशोरीमैत्री स्वासथ्य संस्था प्रमाणीकरणका लागि तोकिएका मापदण्ड मध्ये स्वास्थ्यचौकीले ९४ प्रतिशत मापदण्ड पूरा गरेकाले स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्यसंस्था प्रमाणीकरण गरिएको हो । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण हुन ९ ओटा मापदण्ड पूरा गरेको हुनुपर्दछ ।

गुरुखोला स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री भएपछि आफूहरुलाई सेवा लिन सजिलो भएको किशोरकिशोरीहरुले बताएका छन् । केही समस्या परेमा स्वास्थ्य संस्थामा आएर सेवा लिने गरेको दशरथचन्द नगरपालिका १ किशोर मुकेश बडुले बताए । उनले भने ‘अहिले हामी स्वास्थ्य संस्थामा आएर किशोरकिशोरीका विभिन्न बिषयका बारेमा जानकारी लिन सकिरहेका छौं । यसले हामीलाई सजिलो भएको छ ।’

गुरुखोला स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्यचौकी भएपछि आफूहरुलाई सेवा लिन निकै सजिलो भएको किशोरी शान्ति भुलले बताइन् । उनले भनिन् ‘अहिले स्वास्थ्यसंस्था किशोरकिशोरीमैत्री भएपछि हामीहरुलाई धेरै कुरामा सहज भएको छ । महिनावारी सरसफाई, किशोरावस्थामा आउने परिवर्तन लगायतका बिषयमा जानकारी पाईरहेका छौं ।’

Karnali Traders

गुरुखोला स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था बनाउनका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए ।

गुरुखोला स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री प्रमाणीकरण भएसंगै बैतडीका ९ ओटा स्वास्थ्य संस्था किशोरकिशोरीमैत्री भएका छन् । सगुन खबर बाट सभार

Total
54
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
54
Share