Bedkot Samudayik Ban

अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गरियोस् : नेम्वाङ

Sana Kishan
Total
56
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।

Arus

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आज सोमवार आन्दोलनरत नेपाल बार एसोसिएशनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन नगर्न सरकारलाई सचेत गराउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको नेपाल बार एसोसिएशनको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । त्यसो गर्नु दुःखद घटना भएको उपनेता नेम्वाङले प्रतिक्रिया दिनुभयो । उहाँले न्यायालयबारे नेपाल बार एसोसिएशनले उठाएको मुद्दा गम्भीर भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतले आफूहरूले दिएको रिटको समेत सुनुवाइ नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उपनेता नेम्वाङले भन्नुभयो, ‘यहाँहरूले प्रहरीको हस्तक्षेपको कुरा उल्लेख गर्नुभएको छ । ती कुराहरू सुनेर हामीलाई दुःख लागेको छ, मलाई दुःख लागेको छ । त्यो कुरा बेठिक हो, त्यसलाई एउटा ठिक निष्कर्षमा पु¥याउन सम्बन्धित पक्षहरू लाग्नुपर्दछ भन्ने मेरो आग्रह छ । तपाईँहरूले अहिले आन्दोलन चलाइ राख्नुभएको छ । यो स्थिति भरसक नभएको भए हुन्थ्यो भन्ने लाग्छ । यस्तो स्थिति नआइकन यो सम्बन्धित पक्षहरू बसेर अदालत, नेपाल बार एसोसिएशनबीच बसेर यो कुरा सल्टाएको भए साह्रै राम्रो हुन्थ्यो भन्ने कामना हो । यहाँहरूले हाम्रो पार्टीको ध्यानाकर्षण गर्दै जुन ज्ञापनपत्र मलाइ ल्याएर दिनुभएको छ । त्यो तपाईँहरूको ज्ञापनपत्रलाई म अविलम्ब पार्टी अध्यक्षसँग र स्थायी कमिटी समक्ष आजै बुझाएर पार्टीको ध्यानाकर्षण गराउन पहल गर्नेछु ।’

Karnali Traders

उपनेता नेम्वाङले अदालतमा देखिएको यो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Total
56
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
56
Share