सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्वाेच्चमा देखिएको समस्याबारे बोल्न अब दलहरूले ढिला गर्नुहुँदैन : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

आज सोमवार नेपाल बार एसोसिएशनले ज्ञापनपत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसङ्गति अन्त्यका लागि नेपाल बार एसोसिएशनले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरूले अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले राज्यका अङ्गभित्र भएका समस्या आफैँ हल होस् भन्ने आफूहरूको चाहना रहे पनि अब सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेता भट्टराईले भन्नुभयो, ‘राज्यका अङ्गभित्र भएका समस्या आफैँ हल गरून् भन्ने हाम्रो चाहाना हो तर अहिले गठबन्धनको एउटा राजनीतिक संयन्त्र बनेको छ, यो राजनीतिक संयन्त्रले अब चाँडै न्यायालयको समस्याको विषयमा साझा धारणा बनाएर निकास खोज्ने प्रयास गर्नेछ । समाजवादी पार्टीको धारणा पनि राज्यका संरचनामा समस्या छ, यस्ता समस्याको विषयमा छलफल हुनुपर्छ । अब कुनै पनि बहानामा यसलाई संरक्षण गर्नुहुँदैन भन्ने धारणा छ ।’

Dirghayu Ads

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वाभाविक भएको पनि बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.