सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज सात दशमलव नौ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर बढेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

Sana Kishan

आज दुई सय २५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

World Link Ads
Mahakali Polytechnic

आज मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कर्णाली विकास बैंक र रिलायन्स फाइनान्सको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.