सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन सुरु

कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताए।“हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण गरिरहेका छौँ”, उनले भने, “त्यसको प्रयोगले लामखुट्टे मर्छ की मर्दैन भनेर अध्ययन गर्न यो अभियान थालिएको हो।”

Sana Kishan

उनले बेलाबखतमा विभिन्न अध्ययन हुने गरेको भएपनि सो अध्ययन भने यहाँ करिब पाँच वर्षपछि हुन लागेको बताए।स्वास्थ्य कार्यालयमा स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालामा प्रभावकारी परिक्षण गरिनेछ। गत वर्ष मात्रै प्रदेश सरकारको लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो।

World Link Ads
Mahakali Polytechnic

उनले भने, “यो पटक अध्ययनको नेतृत्व सिनियर इन्टोमोलोजीष्ट शम्भूनाथ झाले गर्नुभएको छ।” उक्त अध्ययन दश दिनसम्म सञ्चालन हुनेछ। उनले नमूनाका रुपमा भीमदत्त ९ र १० मा अध्ययन सुरु गरिएको जानकारी दिए । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.