Bedkot Samudayik Ban

केही साथीहरू गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडेका छन् : प्रचण्ड

Sana Kishan
Total
48
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको प्रचण्डले बताए ।

Arus

चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । मैले भनेको छु अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि माओवादी १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पुरस्कार नचाहिने बताउँदै भने, ‘शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुप¥यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु ।’ अनलाइनखबर बाट सभार

Karnali Traders

Total
48
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
48
Share