सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी– बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा आइतबार राती दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० बर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राती बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

Sana Kishan

जिपमा सवार ५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

World Link Ads
Mahakali Polytechnic

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.