Bedkot Samudayik Ban

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यू तीन घाइते

Sana Kishan
Total
74
Shares

बैतडी- बैतडीको जिल्ला सदरमुकाम गोठलापानी स्थित कलुवाडमोडमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनिहरुलाई जिल्ला अस्पताल पुर्याइएको छ ।

Arus

बैतडीको दशरथचन्द नगरपालिका- २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म १ ज  ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका- ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राती भिरमा जीप अड्कीएकाले घटनाको एकीन विवरण अझै आउन सकेको छैन् ।

कलुवाड मोडको माथीको सडकबाट ससेको जीप तल्लो सडक समेत पार गरेर सल्लाको रुखमा अड्कीएको थियो । जीपमा ७ जना सवार रहेको प्रारम्भिक जानकारी आएपनि अझै एकीन हुन सकेको छैन् ।

Karnali Traders

जिप सडकबाट करीब दुई सय मिटर तल खसेको बताइएको छ ।

Total
74
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
74
Share