Bedkot Samudayik Ban

नेपाल खेलकुदको विकासमा पछि पर्नुपर्ने कुनै कारण छैन : केपी ओली

Sana Kishan
Total
8
Shares

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुदको विकासका लागि अनुकूल भूगोल भएको देश भएको बताउनुभएको छ ।

Arus

अध्यक्ष ओलीले भूगोल, प्रकृति अनुकूल भएकाले नेपाल खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । पार्टी निकट नेपाल खेलकुद महासङ्घले आज आइतवार काठमाण्डौमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’ मा बोल्दै उहाँले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि धेरै भन्दा धेरै अभ्यास गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले लिएको खेलकुद नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्ने बताउनुभयो । एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दाबीसमेत गर्नुभयो । उहाँले नीति सही भए पनि त्यसको कार्यान्वयन नहुँदा ‘पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेला काम लाग्दैन’ भन्ने संस्कृतिको उखानजस्तो हुन पुग्नेतर्फ पनि सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले खेलका तरिका र शिक्षालाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरूलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो भूगोल र प्रकृति सबै खेल– इन्डोर्स गेम, आउटडोर्स गेम अथवा अरू एडभेन्चर गेम, अलिक जोखिमयुक्त देखिने खालका गेमका लागि अनुकूल भएको हुँदा हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । हामी सही नीति तय गर्दछौँ । हाम्रा नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्दछ । नीति बनायौँ तर सफल कार्यान्वयन गरेनौँ भने, नीति कार्यान्वयनमा सुस्तता देखायौँ भने ती नीतिहरु पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेलामा काम लाग्दैन भनेजस्तै हुन्छ ।’

Karnali Traders

अध्यक्ष ओलीले खेलकुद क्षेत्रका विज्ञहरूसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासङ्घका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले खेलाडीहरूको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरूको सङ्ख्या बढाउन जोड दिनुपर्ने बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Total
8
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
8
Share