सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कांग्रेस अधिवेशनमा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट प्यानल सहित विजयी !!

बैतडी–  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा आएको छ । बैतडी प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गरे ।

यस्तै सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै सहसचिव पदमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएका मतदान अधिकृत घनश्याम लेखकले बताए ।

बैतडी प्रदेश सभा क्षेत्र (ख) मा जिल्ला सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दको प्यानलले पदाधिकारीमा विजय हाँसिल गरेको हो । क्षेत्र नं (ख) ६७५ मत खसेको थियो । प्रतिनिधिहरुको भने मतगणना कार्य जारी रहेको लेखकले बताए ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.