सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेमा एकजना पनि सच्चा कम्युनिष्ट छैनन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा सच्चा कम्युनिष्टहरुको कोही नरहेको दाबी गरेको छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘एमालेमा रहने सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि हामी विद्रोह गर्न बाध्य भयौँ। केपी ओलीको टाङमुनि छिराएर राख्न खोजेपछि हामीले त्यसलाई अस्वीकार ग¥यौँ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ।’

ओलीले एमालेमा आफूहरूलाई बस्न ढोका बन्द गरेपछि संन्यास र आत्मसमर्पण गर्न नसकेपछि नयाँ पार्टी दर्ता गरेको स्पष्ट पारे। अहिले एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउन खोजेको दाबी गरे।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अध्यक्ष नेपालले भने, ‘उहाँहरूले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिँडेको छ। त्यस्तो अवस्थामा हामी कहिल्यै पुग्दैनौँ। अहिले समाजवादीमा आउनेको देशव्यापी लहर चलेको छ। राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम पनि जारी छ।’

Dirghayu Ads

यस्तै, आफ्नो पार्टीमा सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिए। सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.