सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लेन्थवर्करद्वारा मागका बिषयमा सुनुवाई नभएको भन्दै बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध !!

बैतडी –आफूहरुले काम गरेको पैसा पाउनुपर्ने माग गर्दै अनसनमा बसेका बैतडीको पाटन –पञ्चेश्वर सडकका लेन्थवर्करहरुले सडक अवरुद्ध गरेका छन् । आफूहरुका मागका बिषयमा सुनुवाई नभएको भन्दै शनिबार बिहानदेखि पाटन–पञ्चेश्वर सडक अवरुद्ध गरेको लेन्थवर्कर जयराम भुलले बताए ।

यही मंसिर १ गतेदेखि शान्तिपूर्ण रुपमा अनसन बसेको भएपनि कसैले चासो नदिएपछि सडक अवरुद्ध गरेको उनले बताए । उनले भने ‘हामीले हाम्रो पारिश्रमिक पाउनुपर्छ भन्दै आएका छौं ।अहिले सम्म कसैले पनि हाम्रा मागका बारेमा चासो दिएको छैन् ।’

गएको दुई बर्ष यता आफूहरुले सडकमा काम गरे बाफतको पैसा नपाएको लेन्थवर्कहरुले बताउँदै आएका छन् । पाटन –पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुको रोजीरोटीमा लात हान्ने काम भएको लेन्थवर्कर मीरा पन्तले बताइन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसअघि गएको असार १८ गतेदेखि पनि लेन्थवर्कहरुले २१ दिन लामो अनसन बसेका थिए । त्यो बेला लेन्थवर्करहरुका समस्या समाधानका लागि पहल गर्ने सहमति पछि उनीहरुले अनसन तोडेका थिए ।

तर अहिले सम्म पनि आफूहरुका माग पूरा नभएपछि आफूहरु फेरी अनसन बस्न बाध्य भएको भुलले बताए । आफूहरुका माग पूरा नहुँदा सम्म संघर्षका कार्यक्रम जारी रहने उनले बताए ।

पाटन–पञ्चेश्वर सडकमा १२ जना लेन्थवर्कर कार्यरत रहेकामा उनीहरुले गएको दुई बर्ष यता पारिश्रमिक पाउन सकेका छैन् ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.