Bedkot Samudayik Ban

नेपाली काङग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको क्षेत्रिय अधिवेशन बैतडीमा आज हुँदै !!

Sana Kishan
Total
90
Shares

बैतडी- नेपाली काङग्रेसको १४ औ महाधिवेशन अन्र्तगत बैतडीमा क्षेत्रिय अधिवेशन आज हुने भएको छ । देशका बिभिन्न ठाउँहरुमा शुक्रवार हिजो क्षेत्रिय अधिवेशन भए पनि बैतडीमा भने आज क्षेत्रिय अधिवेशन हुने भएको हो । दुई प्रदेश सभा क्षेत्र रहेको बैतडीमा क्षेत्रिय अधिवेशनमा शिव राज भट्ट प्यानल र चतुर बहादुर चन्द प्यालन गरी २ टिमले प्रतिस्पर्दा गर्दै छन् । प्रदेश सभा ‘क’ को क्षेत्रिय अधिवेशन पाटन र प्रदेश सभा ‘ख’ को क्षेत्रिय अधिवेश सदरमुकाम गोठलापानीमा गर्ने गरी तयारी गरिएको छ ।

Arus

प्रदेश सभा ‘क’ को क्षेत्रिय अधिवेशनका लागी शिवराज भट्ट प्यानलबाट सभापतीमा बिष्णु प्रसाद भट्टलाई अघि सारिएको छ । यस्तै उपसभापतीमा कणर् बहादुर जागरी र हर्क बहादुर बिष्ट, सचिवमा तेज बहादुर साउँद र रिकेश बहादुर बोहरा तथा सहसचिवमा दीपक सिह धामी र अम्बा दत्त जोशीलाई अघि सारिएको नेबि संघ बैतडीका अध्यक्ष एबम केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका उमेदवार कपिल केसीले जानकारी दिनुभएको छ ।

यस्तै प्रदेश सभा ‘क’ को क्षेत्रिय अधिवेशनमा चतुर बहादुर चन्द प्यानलबाट क्षेत्रिय सभापतीमा हिमालय बमलाई अघि सारिएको छ । उपसभापतिमा नविन राज अवस्थी र राजेन्द्र अवस्थी, सचिवमा अमर सिह धामी र भुवन राज भट्ट तथा सहसचिवमा गणेश सिह साउँद र राम चन्द्र महरालाई अघि सारिएको छ । शिवराज भट्ट प्यानलबाट प्रदेश सभा ‘ख’को क्षेत्रिय सभापतीमा महेश दत्त भट्टलाई अघि सारिएको छ । यस्तै उपसभापतीमा देव बहादुर चन्द र राकेश सिह बिष्ट, सचिवमा प्रेम बहादुर चन्द र कृष्ण बोहरा तथा सहसचिवमा रतन सिह कार्की र रमेश सिह महतालाई अघि सारिएको छ ।

यस्तै प्रदेश सभा ‘ख’ को क्षेत्रिय अधिवेशनका चतुर बहादुर चन्द प्यानलबाट प्रदेश सभा ‘ख’को क्षेत्रिय सभापतीमा शिव राज भट्टलाई अघि सारिएको छ । यस्तै उपसभापतिमा मोहन चन्द र नरेश बहादुर चन्द, सचिवमा धनबहादुर क्षेत्री (जगदिश) र देव दत्त भट्ट (पदम) तथा सहसचिवमा महेश बिष्ट र महादेव सिंह धनाडीलाई अघि सारिएको छ ।

 

Karnali Traders

(रेडियो बैतडीबाट साभार)

Total
90
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
90
Share