सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जापान र अस्ट्रेलियाले कडा प्रतिबन्धहरु बिस्तारै हटाउँदै

कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण लकडाउनसहित विभिन्न कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरेका जापान र अस्ट्रेलियाले ती व्यवस्थाहरू बिस्तारै हटाउन थालेका छन् ।

जापान र अस्ट्रेलियामा लकडाउन हटिसकेको छ भने जापानले अब ठूला सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने गतिविधि गर्न सक्ने गरी कडा सर्त हटाउने निर्णय गरेको छ ।

आम नागरिकलाई सम्भव भएसम्म सजिलो हुने गरी लचकता अपनाउन थालेको तर कोरोना भाइरसको तेस्रो चरणको महामारी आउने खतरालाई पनि ध्यान दिन आवश्यक रहेको जापान सरकारले निकालेको सूचनामा उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यसैगरी धेरैको सङ्ख्यामा दर्शक सहभागी हुने खेलकुदका गतिविधिमा पनि सिट सङ्ख्याको आधा सहभागी हुने व्यवस्था गर्न भनिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै लगेको जानकारी दिनुभएको छ ।

अस्ट्रेलियामा प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध नागरिकले प्रदर्शन समेत गर्दै आएका छन् । अस्ट्रेलियामा तेस्रो चरणको महामारीको खतरा धेरै रहेकाले अझै पनि पूर्ण रूपमा खुल्ला गर्न नमिल्ने प्रधानमन्त्री मोरिसनको भनाइ छ । विज्ञले पनि स्वास्थ्यका मापदण्ड पालना निरन्तर गरिरहनुपर्नेमा जोड दिएका छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.