Bedkot Samudayik Ban

न्युजिल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई

Sana Kishan
Total
28
Shares

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जितेको छ।

Arus

राँचीमा गएराति भएको दोस्रो टी–२० मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाडि नै श्रृङ्खला जितेको हो ।

न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतक बनाए। राहुलले ६५ तथा शर्माले ५५ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३४ तथा मार्टिन गुप्टिल र ड्याल मिचेलले समान ३१÷३१ रन जोडे । भारतका हर्सल पटेलले दुई तथा भुवनेश्वर कुमार, रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १÷१ विकेट लिए ।

Karnali Traders

तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि बुधवार भएको पहिलो खेल भारतले पाँच विकेटले जितेको थियो । उज्यालो अनलाइन बाट सभार

Total
28
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
28
Share