Bedkot Samudayik Ban

आज मंसिर ४ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

Sana Kishan
Total
44
Shares

पञ्चाङ्ग
वि.सं. मंसिर ०४, २०७८ । ई.सं. २० नोभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा . राक्षस दक्षिणायन हेमन्त । शनिबार मार्ग कृष्णपक्ष । तिथि– प्रतिपदा, १५ः२८ बजे उप्रान्त द्वितीया । नक्षत्र– रोहिणी, ३०ः४८ बजे उप्रान्त मृगशिरा । योग– शिव, २९ः०२ बजे उप्रान्त सिद्ध । करण– कौलव १५ः२८ बजेदेखि तैतिल, २८ः३३ बजे उप्रान्त वव । चन्द्रराशि वृष । आनन्दादि योग श्रीवत्स । दिनमान २६।३६ । सूर्योदय ६ः३० । सूर्यास्त १७ः०८ । त्रिजटार्ध्यदान, थानकोट महालक्ष्मीयात्रा ।

Arus

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कमको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

Karnali Traders

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिको विकास हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । मकालु खबर बाट सभार

Total
44
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
44
Share