सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नियम हो सूर्य पनि त बिहानै आएर फर्कन्छ !!- लेखक: धर्मानन्द भट्ट

नियम हो सूर्य पनि त बिहानै आएर फर्कन्छ।
मेघ गर्जिन्छ सबै धर्तीलाई भिजाएर फर्कन्छ।
यसरी चलेको छ संसार चिन्ता नगर्नु रत्तिभर,
कोहि दिएर फर्किन्छ र कोहि खाएर फर्कन्छ।
यसैलाई नियती भनिन्छ सायद मैले बुझेको
कोहि मह पाउँछ कोहि घार गुमाएर फर्कन्छ।
जसलाई आफ्नो भनेर सम्पत्ति थुपार्छ मान्छे,
आखिर उसैले लगेर घाँटमा जलाएर फर्कन्छ।
जिन्दगीभर गरेका अपराधहरू माफ गरिन्छन,
जब बुढेसकालमा मान्छे गंगा नुहाएर फर्कन्छ।
(लेखक: धर्मानन्द भट्ट )
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.