Bedkot Samudayik Ban

सुनको मूल्य घट्यो, तोलाको कति ?

Sana Kishan
Total
96
Shares

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेको हो।बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० कायम भएको हो।

 

Arus

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० कायम भएको छ। आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २७५ कायम भएको छ।

 

थप् समाचार ःहामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ ।

 

भुटेको लसुनले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् ःपेटको समस्या कमः हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

 

रोग प्रतिरोधात्मक क्षमता बढ्छः हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

 

Karnali Traders

चिसोबाट बचाउँछः तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।दाँतको दुखाइ कमः यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।

 

रक्त चाँप नियन्त्रणः विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।हर्मोन ब्यालेन्सः भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

 

(gnewsnepal.com बाट साभार)

Total
96
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
96
Share