सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दक्षिण अफ्रिकाका ब्याट्स्म्यान एबीडी भिलियर्सले लिए क्रिकेटबाट सन्न्यास

दक्षिण अफ्रिकाका ब्याट्स्म्यान एबीडी भिलियर्सले क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले ट्वीट गर्दै आफूले सबै फर्म्याटका क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको बताएका हुन् । ‘अहिलेसम्म जति क्रिकेट खेलेँ खुब रमाइलोसँग खेलेँ’, ३७ बर्षीय डी भिलियर्सले भनेका छन्, ‘यो सबै मेरा अभिभावक परिवार, श्रीमती र छोराछोरीको योगदानबिना सम्भव थिएन ।’

उनले अबको समय परिवारको साथमा बिताउनेसमेत बताएका छन् । ‘त्यसैले अबको समय म उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर बिताउनेछु,’ उनले भनेका छन् ।

उनले आफ्ना सबै सहकर्मी, आफूसँग क्रिकेट खेलेका विपक्षी टिमका सदस्य, सबै प्रशिक्षक, फिजियो र स्टाफ, तथा आफूले क्रिकेट खेलेको दक्षिण अफ्रिका र भारतमा पाएको सम्मानको पनि स्मरण गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनी आईपीएलमा बेग्लोरमा आबद्ध थिए । डी भिलियर्सले १ सय १४ टेस्ट, २ सय २८ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

सन् २००४ देखि २०१८ सम्म टेस्ट क्रिकेट खेलेका उनले १ सय १४ टेस्टमा ८ हजार ७ सय ६५ रन बनाएका छन् भने २००५ देखि २०१८ सम्मका २ सय २८ एकदिवसीयमा ९ हजार ५ सय ७७ रन बनाएका छन् ।

त्यस्तै टी ट्वेन्टी अन्तर्राष्ट्रियका ७८ खेलमा १ हजार ६ सय ७२ र आईपीएलका १ सय ८४ खेलमा ५ हजार १ सय ६२ रन बनाएका छन् । उनले २०१८ मा टेस्ट र एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका थिएनन् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.