सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौंबाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउँछु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूलाई काठमाडौं बाहिर चिन्दैनन् भन्नेलाई महाधिवेशनमा देखाउने चेतावनी दिएका छन् ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले आफ्नो शक्ति देखेर हमला भइरहेको पनि उनले टिप्पणी गरे । ‘काठमाडौंबाहिर कसले चिनेको छ भन्नेलाई अब म देखाउँछु । प्रतिस्पर्धा गरौं । फेसबुकमा फोटो राखेर देश घुमेको मानिन्छ ?’ उनले प्रश्न गरे ।

गत सोमबार सर्लाहीमा पार्टी कार्यकर्तासँगको कुराकानीमा महामन्त्री डा. शशांक कोइरालाले काठमाडौंबाहिर प्रकाशमानलाई धेरैले नचिन्ने टिप्पणी गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यसको जवाफ दिँदै सिंहले काठमाडौंबाहिर चिनेको छैन भन्नेलाई देखाउने बताएका हुन् । उनले आफूले नेवारलाई मात्र हेर्छ भन्नु भ्रममात्र भएको पनि स्पष्टीकरण दिए ।

Dirghayu Ads

पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागत रुपले सञ्चालन गर्न आफूले सभापतिमा उम्मेदवारी दिने बताए । आफूले ब्यक्तिमुखी भएर नभई जनता र कार्यकर्ताको सुझाव बमोजिम नीति बनाएर पार्टी सञ्चालन गर्न चाहेको पनि उनको भनाइ छ । बिहीबार नै वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा  अभिभावक भएर बस्न आग्रह गरेको पनि नेता सिंहले बताए । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.