Bedkot Samudayik Ban

आज साताको पाँचौ दिन अर्थात (बिहीबार) घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
50
Shares

साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य केही बढेको छ।

Arus

बुधबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ८०० रुपैयाँ रहेको थियो।

Karnali Traders

सुनको भाउ बढेपछि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २८० रहेको छ। मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । नयाँ पुस्ता बाट सभार

 

Total
50
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
50
Share