सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो चुनावमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुरमा आज बुधवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको हो ।

‘चुनावमा नागरिकले नक्कली जलपवालालाई बढार्नेछन्’, प्रचण्डले भन्नुभयो, ‘मधेश र मधेशी नागरिकको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी नागरिकले आउँदो चुनावमा पहिलो मत दिएर हामीलाई नम्बर एक बनाउनेछन् ।’

यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उहाँको भनाइ छ । आफैँले दुई पटक मधेशी नागरिकको हक र अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उहाँले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘हामीले संविधान संशोधन गरेर मधेश मुद्दा सम्बोधनको जमर्को ग¥यौँ’, प्रचण्डले भन्नुभयो, ‘तर संविधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।’ त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गर्नुभयो । अहिले न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उहाँको भनाइ छ ।

Dirghayu Ads

अध्यक्ष प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गर्नुभयो । महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । समारोह (सभा) मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.