सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केही मान्छे निद्रामा किन बर्बराउँछन् ?

कोही कोही मानिसको निद्रामा बोल्ने बानी हुन्छ । अंग्रेजीमा यसलाई सोम्नीलोकी भनिन्छ । यसरी निद्रामा बर्बराउने मान्छेका कुरा सुन्न मजा हुन्छ । मध्यरातमा हामीमध्येका केही के के बर्बराउँछौं । ती अरूलाई बुझ्न गाह्रो हुन्छ ।

जनसंख्याको लगभग एक प्रतिशत वयस्कलाई यस्तो बानी लाग्ने विज्ञान बताउँछ । यसरी बर्बराउने मानिसको अवचेतन मनका कुरा थाहा लाग्ने हुनाले बर्बराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ ।

Sana Kishan

तर निद्रा विशेषज्ञ माइकल ब्रेउस चाहिँ निद्रामा बोलेको कुराको कुनै अर्थ छैन र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार हो भन्छन् । ‘निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा भेटिन्न,’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

निद्रामा बर्बराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको उनको भनाइ छ । तर यसले पर्याप्त निद्रा नपुगेको संकेत चाहिँ दिन्छ । राष्ट्रिय निद्रा प्रतिष्ठानले तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्ने बताएको छ । त्यसैले तपाईं निद्रामा बर्बराउनुहुन्छ भने नआत्तिनुस्, तपाईंका रहस्य सुरक्षित नै छन् । बरू यसबाट छुटकारा चाहनुहुन्छ भने रिल्याक्स गर्नुस् र राम्रो निद्रा पार्नुस् । gnewsnepal.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.