सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाका बिभिन्न ठाउँहरुमा परिवार नियोजन शिविर सञ्चालन हुने

बैतडी–  बैतडीका बिभिन्न ठाउँहरुमा परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा र सुनौलौ परिवार नेपाल (मेरी स्टोप्स ईन्टरनेशनल) को प्राविधिक सहयोगमा बिभिन्न स्थानिय तहका १३ ठाउँमा मंसिर ५ गतेबाट शिविर सञ्चालन हुने भएको हो । स्थायी बन्ध्याकरण अन्र्तगत भ्यासेक्टोमी र मिनिल्याप तथा लामो अवधिका लागी अस्थायी साधन आईयुसिडि र ईम्प्लान्ट राख्ने शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीमा मंसिर ८ गते र कुवाकोट स्वास्थ्य चौकीमा मंसिर ७ गते शिविर सञ्चालन हुने छ । यस्तै सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्य चौकीमा मंसिर ९ गते, मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंसिर ११ गते, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा मंसिर १२ गते र शर्माली स्वास्थ्य चौकीमा मंसिर १३ गते, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीमा मंसिर १५ गते र सुर्नया गाउँपालिकाको बाशुलिंग स्वास्थ्य चौकीमा मंसिर १७ गते र रौलेश्वर स्वास्थ्य चौकीमा मंसिर १८ गते शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Sana Kishan

यसै गरी जिल्लाको दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा मंसिर २० गते र वडा नम्बर ६ को पन्ज्युनँयामा मंसिर २२ गते तथा डिलाशैनी गाउँपालिकाको सीमार स्वास्थ्य चौकीमा मंसिर २३ गते शिविर सञ्चालन गरिने छ । व्यबस्थित परिवार बनाउन चाहने दम्पतीहरुलाई शिविरमा सेवा लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । यस्तै मिनिल्याप गराउन आउने महिलाहरुलाई अनिबार्य रुपमा खाली पेट आउन समेत आग्रह गरिएको छ । रेडियो बैतडी बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.