सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा नेपाल बन्दको आशिंक प्रभाव

बैतडी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आशिंक प्रभाव देखिएको छ ।

बैतडी सहितका विभिन्न ठाउँमा आज विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका आंशिक रुपले अत्यावस्यक सवारी साधन चलेकाछन् भने, पाटन खोड्पे लगायतका बजार क्षेत्रमा सवारी सधान आसिंक रुपले चलेकाछन् भने पसलहरु बन्द रहेकाछन् ।

यसैगरी गोकुलेश्वर क्षेत्रमा सवारी साधन र पसलहरु बन्द रहेको स्थानिय व्यवसायी सुरेश श्रेष्ठले बताए । गोकुलेश्वरको बैतडी र दार्चुला तर्फका सबै पसल तथा होटेलहरु बन्द रहेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

बन्दको समयमा नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु गुडिरहेका छन् । तर सार्वजनिक सवारी भने बन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Sana Kishan

नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन् ।

त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ । सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरुद्धमा नेपाल बन्दको आह्वान गरेको हो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.