Bedkot Samudayik Ban

प्रचण्ड–नेपाल भन्दा सूर्यबहादुर थापाका छोरा इमान्दार : केपी शर्मा ओली

Sana Kishan
Total
2
Shares

धनकुटाः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

Arus

सहिद भूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्दै उनले १३ महिनापछि हुने चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन्।

उनले प्रचण्ड–नेपाल भन्दा बरू सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा इमान्दार रहेको बताए। ’बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे। प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्न देउवाको ढोका ढक्ढक्याउन गए,’ उनले भने।

उनले सूर्यबहादुर थापाका विरासत रहेका उनका छोरा कांग्रेस प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा नेपाली कांग्रेसमा गएको बताए। उनले माधव–प्रचण्ड कुहिएको आलु भएको भन्दै बोराबाट निकालिएपछि पार्टी सुदृढीकरण भएको बताए।

Karnali Traders

न्यायालयतिर इंगित गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अदालतका न्यायाधीशले मुद्दा हेर्न छाडेको र वकिलको दादागिरी देखाएको आरोप लगाए। अन्नपूर्ण पोस्ट बाट सभार

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share