सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन आयोगले दबाब दिएपछि महाधिवेशन हुने अवस्था भयो : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला,’ उनले भने, ‘यो सामुहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौं।’
उनले पटकपटक महाधिवेशन सरेकोले महाधिवेशन नहुने हो कि भन्ने शंका अब निवारण भएको बताए। उनले भने‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

Sana Kishan

थापाले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए। अन्नपूर्ण पोस्ट बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.