Bedkot Samudayik Ban

अजिनोमोटो स्वास्थ्यका लागि कत्तिको हानिकारक छ ?

Sana Kishan
Total
20
Shares

खानपानको दुनियाँमा लामो समयदेखि बहसको विषय बनेको एउटा खाना हो, अजिनोमोटो । रेस्टुरेन्टको खानामा होस् वा घरायसी परिकारमा समेत अजिनोमोटो अनिवार्य जस्तै बनिसकेको छ । खानामा स्वाद बढाउन प्रयोग गरिने अजिनोमोटो स्वास्थ्यको लागि हानिकारक छ कि छैन ? यो बहस पोषणविद्हरुमा चल्ने गरेको छ ।

Arus

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई हेर्ने हो भन्ने कतै अजिनोमोटोले मानिसमा तनाव कम गर्छ भन्ने निष्कर्ष निस्किएको पाइन्छ भने कतिपय अध्ययनले अजिनोमोटोको प्रयोगले स्वास्थ्यमा असर गरेको भन्दै यसमाथि प्रतिबन्ध समेत लगाएका छन् । नेपालमा पनि यसबारेमा दुवैथरीको मत सुन्न सकिन्छ ।

अजिनोमोटोको पक्ष र विपक्षमा हुने बहसको तर्क ?

अजिनोमोटो स्वास्थ्यको लागि फाइदाजनक छ कि हानिकारक भन्ने बहस टुंग्याउने गरी अहिलेसम्म सर्वमान्य अध्ययनको रिपोर्ट सार्वजनिक भएको छैन । यदि यो हानिकारक थियो भने विश्वभर यसलाई किन प्रतिबन्ध गरिँदैन त ? भन्ने प्रश्न र यसले स्वास्थ्यमा असर गर्छ भने किन जापान र चिनियाँहरुमा यसको नकारात्मक असर देखिँदैन त ? भन्ने तर्क अजिनोमोटोको बचाउमा वकालत गर्ने पोषणविद्हरुको छ । तर अजिनोमोटोको विपक्षमा वकालत गर्नेहरु भने यो एउटा मन्द स्वादिलो क्यान्सर रहेको भन्दै यसले नजानिँदो पाराले स्वास्थ्यमा असर गर्ने दाबी गर्छन् ।

अजिनोमोटोको शुरुवात सम्बन्धी रोचक तथ्य

अजिनोमोटोको प्रयोग २० औं शताब्दीको शुरुवाततिर जापानबाट भयो । यो कोरिया, जापान हुँदै विश्वभर फैलिएको छ । सन् १९०८ को एक साँझ रात्रिभोजन सकेपछि अजिनोमोटो समूहका संस्थापक जीवरसायन शास्त्री डा. किकुनाइ इकेडाले आफ्नी श्रीमतीलाई खाद्य परम्परामा परिवर्तन ल्याउन सुझाव दिए । डा. इकेडाले आफूहरूले खाइरहेको फलफूल एवं तोफु सुपलाई पनि फरक शैलीमा मिठास ल्याउन सकिन्छ ? भनेर प्रश्न गरेका थिए । श्रीमती इकेडाले यसमा सकारात्मक प्रतिक्रिया दिइन् ।

भोलिपल्ट कोम्बु वा केल्प भनिने एक किसिमको समुद्री वनस्पतिको प्रयोग गरेर एउटा परिकार तयार पारिन् । सो परिकार तयार पार्ने क्रममा त्यसमा रहेको क्रिस्टलिन कम्पाउण्ड निकाल्न सफल भए । जसमा ग्लुटामिन एसिडको मात्रा बढी थियो । उनले निकालेको क्रिस्टलको स्वाद लिएपछि उनले ‘उमामी’ भन्ने शब्द उच्चारण गरे । उमामी एक गुलियो, नुनिलो, अमिलो र तीतो स्वादको संयोग हो । जापानी भाषामा यो शब्दावलीले स्वादिष्ट भन्ने अर्थ पनि बोक्छ । यो परिकारमा एमिनो एसिड र ग्लुटामेट बढी मात्रामा पाइने गर्छ ।

यसरी कोम्बु र वा केप्ल भनिने समुद्री वनस्पतिबाट यो परिकार बनाइसकेपछि डा. इकेडाले सन् १९०९ मा नयाँ परिकारको सर्वाधिकार (प्याटेन्ट) दर्ता गरे । त्यसको अर्काे वर्ष अजिनोमोटो ग्रुप र अजिनोमोटो जापानी बजारमा सार्वजनिक भयो । शुरुवातमा यो गहुँमा रहेको ग्लुटेनको हाइड्रोलाइसिस मार्फत् उत्पादन गरिन्थ्यो । सन् १९३० पछि यो सोयाबिनबाट तयार पार्न थालियो । सन् १९६० पछि भने उखु एवं सोही प्रजातिका वनस्पतिबाट चिज, दही र वाइन उत्पादन गर्दा जस्तै विधिबाट यसको प्रशोधन गरिन्छ ।

नेपाली पोषणविद्हरुको तर्क

विश्वमा व्याप्त भइसकेको अजिनोमोटोले नेपाली बजारमा पनि आफ्नो उपस्थिति हरतरह देखाइसकेको छ । हामीले अजिनोमोटोको मिसावटबिना दैनिक खाने खाजा भेट्न मुस्किल छ । मःमः, चाउमिन होस् या त चाउचाउलाई पनि स्वादिष्ट बनाउनका लागि अजिनोमोटोको प्रयोग गर्ने गरिन्छ । तर, आहारविद् राजु अधिकारी भने अजिनोमोटो मन्द स्वादिलो क्यान्सर भएकाले तत्काल असर देखिएन भन्दैमा अजिनोमोटोको प्रयोग गर्न नहुने बताउँछन् ।

Karnali Traders

त्यसमा हुने ग्लुटामिक एसिडले मस्तिष्कमा न्यूरोट्रान्समिटरको रूपमा काम गर्छ । ग्लुटामिक एसिडले मानव शरीरको तन्त्रिका र कोशिकाहरूलाई नष्ट गर्न सक्छ भन्ने आहारविद्हरुको मत छ ।

आहारविद् अधिकारीका अनुसार अजिनोमोटोले रगतलाई प्रदूषित गराउने, शरीर गलाउने वा थकाउने, स्वादको ग्रन्थीलाई बिगार्ने, स्लो एडिक्सन, श्वास ग्रन्थीलाई खुलाइदिने, मिनरल्सहरुको मात्रा बढाउने हुँदा यो मानव स्वास्थ्यको लागि फाइदाजनक छैन । यसलाई विश्वका कतिपय मुलुकहरुमा प्रतिबन्ध समेत लगाइएको भन्दै यसलाई नेपालमा पनि प्रयोग गर्न नदिनु राम्रो हुने उनको तर्क छ ।

उता पोषणविद् सञ्जय महर्जन भने अजिनोमोटोले स्वास्थ्यमा हानि गर्छ भनेर स्पष्ट रूपमा कुनै पनि अध्ययनमा नदेखिएको भन्दै यसमा धेरै भयभित हुनु जरुरी नरहेको बताउँछन् । ‘नुन, चिनी आदि पनि मानव स्वास्थ्यको लागि हानिकारक छ । तर, निश्चित मात्रामा हामी यी खानेकुरा त खान्छौं,’ महर्जन भन्छन्, ‘त्यस्तै हो यो पनि । यसले स्वास्थ्यमा असर गर्छ भन्ने यकिन नभएसम्म यसले फाइदा गर्छ वा हानि गर्छ भन्न सक्ने अवस्था छैन ।’ उनी अजिनोमोटो पनि नुन र चिनीजस्तै कम मात्रामा प्रयोग गर्दा स्वास्थ्यको लागि लाभदायक हुने र धेरै मात्रामा प्रयोग गरे यसले हानि गर्छ भन्ने तर्क राख्छन् ।

जहाँ प्रतिबन्धित छ अजिनोमोटो

सन् २०१८ मा पाकिस्तानको पञ्जाब फुड अथोरिटीले प्रदेशभर अजिनोमोटो साल्टको बिक्री एवं प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, अफ्रिकी मुलुक मोरिससले २ लाख ५० हजारभन्दा बढी वयस्क नागरिकमा साइलेन्ट किलरको रूपमा असर गरेको भन्दै अजिनोमोटोलाई प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । यसरी विश्वका अरू पनि कतिपय मुलुकहरुले मानव शरीरमा असर गरेको भन्दै अजिनोमोटोमाथि प्रतिबन्ध लगाएका छन् । तर, यसले मानिसको शरीरमा प्रतिकूल असर गर्छ भन्नेबारे कुनै पनि अध्ययनले पुष्टि भने गरेको छैन । अनलाइनखबर बाट सभार

Total
20
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
20
Share