सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अलैँचीको मूल्य तीन वर्षयताकै उच्च

अलैँचीले भाउ पाउन थालेपछि कृषकहरू हर्षित भएका छन् । प्राय पूर्वी पहाडी जिल्लाहरूमा व्यावसायिक रुपमा उत्पादन हुने अलैँचीको भाउ अहिले प्रतिमन (४० किलो) ५१ हजार पुगेपछि कृषकहरू हर्षित भएका हुन् ।

यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले राम्रो भाउ पाएको व्यापारीहरू बताउँछन् । भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढेर गएको माइजोगमाई गाउँपालिका १ इलामकी व्यापारी कुसुम दाहालले बताए ।

अलैँची किनबेच हुने यो मुख्य सिजनमा गएको साल प्रतिमन २२ हजार रुपैयाँमा किनबेच भएको थियो । यस वर्ष भने प्रतिमन ५१ हजार रुपैयाँमा किनबेच भइरहेको व्यापारी दाहालले जानकारी दिए । निरन्तर तीन वर्षसम्म ओरालो लागेको अलैँचीको भाउ यस वर्ष गएका वर्षहरूको तुलनामा २६ हजार रुपैयाँले बढी हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अलैँची विकास केन्द्र फिक्कल इलामका प्रमुख पदम प्रसाद अधिकारीका अनुसार कुल उत्पादनको आन्तरिक खपत २ प्रतिशत हुने र ९८ प्रतिशत बाह्य निर्यात हुने भएकाले अन्तर्राष्ट्रिय मागले अलैँचीको मूल्य निर्धारण गर्ने गरेको हो । आर्थिक वर्ष २०७५÷७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६÷०७७ मा ५० लाख १२ हजार छ सय ९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६÷०७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.