

बझाङ – जिल्लामा एक जना मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका १० पानकोट पुल नजिक सोही नगरपालिका ४ गड्खेतका ४३ वर्षीय नवराज उपाध्याय मृत भेटिएका हुन्।

उनी सदरमुकाम चैनपुरको जिल्ला हुलाक कार्यालयबाट घर जाने क्रममा लडेको र चिसोको कारण मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ। बाँकी विवरण पोष्टमार्टम रिपोर्टपछि आउने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। गोदावरी न्युज बाट सभार

