सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहान खालि पेटमा खानुहोस् १ पोटी लसून, कब्जियतदेखि कमजोरीसम्म हुन्छ दूर !!

दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ ।लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् ।भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् ?

लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ।यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।

यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन्

World Link Ads
Mahakali Polytechnic

थप् समाचार : नेपालका दर्शकमाझ समेत प्रतीक्षित रहेको बलिउड फिल्म ‘सूर्यवंशी’ शुक्रबारबाट रिलिज भएको छ । यो फिल्मले नेपालका देशभर गरेर सयवटा हलमा एकसाथ प्रदर्शनको अवसर पाएको छ । यस अगाडि कुनै पनि विदेशी फिल्मले रिलिजको समयका लागि यतिधेरै अवसर पाएको थिएन ।

‘फिल्मले शुक्रबार बिहान राम्रो दर्शक पाउँदै ओपनिङ ब्यवसाय राम्रो गरेको छ’ वितरक मनोज राठीले भने, ‘हामीले जस्तो आशा गरेका थियौ । त्योभन्दा बढी दर्शक फिल्ममा छन् ।’ कतिपय स्थानमा टिकट समेत नपाएर दर्शक फर्किएको राठीले सुनाए ।

Sana Kishan

‘सूर्यवंशी’ हामीले रिक्समा ल्याएका हौं । कमाउन भनेर ल्याएको होइन’ वितरक राठीले थपे, ‘फिल्म क्षेत्र चलायमान होस्, दर्शक हलमा फर्किऊन् भन्ने हाम्रो उद्देश्य हो । त्यो मामलामा हामी सफल भएका छौ ।’

शुक्रबारभन्दा शनिबार र त्यसपछिका दिन फिल्मले राम्रो व्यवसाय गर्ने राठीको भनाई छ । ‘फिल्मको रिभ्यु समेत राम्रो आउन थालेको छ । शनिबार आइतबारपछि झन् दर्शक बढ्छ भन्ने हामीलाई विश्वास लागेको छ’ राठीले थपे ।

‘सूर्यवंशी’लाई मल्टिप्लेक्सले उच्च शोज दिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज प्रदान गरेको छ । त्यस्तै, सो फिल्मका लागि राजधानीका मल्टिप्लेक्सहरु वान सिनेमाजले ६ शो, विग मुभिजले ११ शो, कीर्तिपुर सिनेप्लेक्सले ३ शो, एफक्युब सिनेमाजले १२ शो, क्यूज सिनेमाजले ७ शो, आइएनआइ सिनेमाजले ९ शो, विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज बाँडेको छ ।

रोहित शेट्टीको निर्देशन रहेको ‘सूर्यवंशी’मा अक्षयकुमार र कैटरीना कैफ मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको समेत अतिथि भूमिका रहेको छ । को,रोनाका कारण पटक पटक रिलिज मिति सारिएको यो फिल्मले बलिउड फिल्मलाई समेत लयमा फर्काउने विश्वास बलिउडकर्मीमा रहेको छ ।

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.