सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१४ वर्षदेखि टी–२० विश्वकपको उपाधिको प्रतीक्षामा अस्ट्रेलिया

जब जब अस्ट्रेलियाको क्रिकेट टीमको चर्चा हुन्छ‚ तब–तब १९९० तथा २००० का दशकको याद ताजा हुन्छ । यो समयमा अस्ट्रेलियाको खेल सर्वाधिक उच्च कोटीको हुने गरेको थियो । अस्ट्रेलियाले आईसीसीका मुख्य उपाधिमा पकड जमाएकै हुन्थ्यो । एकपछि अर्को गर्दै कंगारु टीमले धेरै ट्रफी जित्यो। अस्ट्रेलिया विश्वको एकमात्र यस्तो टीम बन्यो‚ जसले ३ पटक विश्वकप जित्ने रेकर्ड बनायो ।

उक्त समय यस्तो थियो कि विपक्षी टीम अस्ट्रेलिया भन्ना साथ रक्षात्मक बनिहाल्थे । सन् १९९९,२००३, २००७ मा टीमले एकदिवसीय विश्वकप जित्दै ह्याट्रिक पूरा ग¥यो । तर जब टी–२० फर्म्याटले क्रिकेट जगतमा पाइला राख्यो । अस्ट्रेलियाको बलियो विरासत कमजोर हुन पुग्यो । २००७ बाट सुरू भएको टी–२० विश्वकप २०१६ सम्म आइपुग्दा ६ संस्करण आयोजना भइसक्यो । अस्ट्रेलियाको टीम केवल एक पटक २००७ मा फाइनलमा पुग्यो । तर त्यसपछि भने टी–२० विश्वकपमा फेभरेट टीमका रुपमा समेत रहन सकेन । यद्यपि २०१० मा पुनः एकपटक उपाधि जित्ने लक्ष्यमा अस्ट्रेलिया रहेको थियो । तर इंग्ल्यान्डले उसको सपना पूरा हुन दिएन ।

तर आज फेरि एकपटक अस्टरेतलियालाई यो छोटो फर्म्याटको उपाधि जित्ने अवसर छ । दुबईमा भइरहेको फाइनलमा अस्ट्रेलिया उपाधिका लागि न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रँदैछ । विश्वभरका क्रिकेट समर्थक दुई ध्रुवमा बाँडिएका छन् । यस्तोमा विश्वकपको यो फाइनल बहुप्रतिक्षित मानिएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पाँच पटकको विश्व विजेता
भलै अस्ट्रेलियाको टीमले एकपटक पनि टी–२० विश्वकप जितेको छैन‚ तर उसको नाममा सर्वाधिक एकदिवसीय विश्वकप उपाधि जितेको रेकर्ड छ । कंगारु टीमले १९८७ मा पहिलो पटक एलन बोर्डरको कप्तानीमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दे उपाधि जितेको थियो । त्यसपछि १९९९ मा स्टीव बाँ तथा २००३ र २००७ मा रिकी पोन्टीङ र २०१५ माइकल क्लार्कले टीमलाई विश्वकपको उपाधि दिलाएका छन् । अस्ट्रेलियन टीमले कुल ७ विश्वकप फाइनल खेल्दा पाँचमा जित निकालेको छ ।

Dirghayu Ads

मिनी विश्वकपमा पनि अस्ट्रेलियाको राज
आईसिसी च्याम्पियन्स ट्रफीलाई मिनी विश्वकपका रुपमा लिने गरिन्छ । यो ट्रफीमा पनि अस्ट्रेलियाको दबदबा रहने गरेको छ । टीमले लगातार २००६ र २००९ मा च्याम्पियन्स ट्रफीको च्याम्पियन बनेर अस्ट्रेलियाले आफ्नो रवाफ पुष्टी ग¥यो । अब केवल अस्ट्रेलियालाई टी–२० विश्वकपको उपाधि प्रतीक्षा छ ।

२००७ मा रिकी पोन्टीङको कप्तानीमा शुरु भएको टी–२० विश्वकपको प्रतीक्षा अब एरोन फिन्चको कप्तानीसम्म पुगेको छ । त्यसैले १४ वर्षे प्रतीक्षाको अन्त गर्ने जिम्मेवारीमा रहेका फिन्चले अस्ट्रेलियाको यो प्रतीक्षा अन्त्य गर्लान् या फेरि लम्बिएला त्यो भने राति ७ः४५ बाट दुबईमा हुने खेलको प्रतीक्षा गर्नुपर्ने हुन्छ । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.