सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विवेकशील साझा पार्टीका १३ जनाले पार्टीबाट राजीनामा दिए

47
Sana Kishan

विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् ।

Arus

राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे छन् ।

Nepali Khaja

युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामेले पनि राजीनामा दिएका छन् ।

Karnali Traders

आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति जनाएका छन् । उनीहरुले भनेका छन्, ‘पद्दति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुँदैनौं । वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पु¥याएको हाम्रो ठहर छ ।’

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको मागसहित दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक ध्रवीकरण देखिएको थियो । पछि पार्टीका बहुमत केन्द्रीय सदस्यहरु अध्यक्ष मिश्रको पक्षमा देखिए ।

निर्वाचन आयोगले मिश्र पक्षको बैठकलाई आधिकारिकता पनि दिएको छ । मिश्र पक्षको बैठकले विधान संशोधन गरी पार्टीका संयोजक मिलन पाण्डेको अधिकार कटौती गरेको छ र पाण्डे पक्ष अल्पमतमा छ । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

29  +    =  39