सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटका मेयरले दिए कञ्चनपुर क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) अशोक कुमार चन्दले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ ।

कञ्चनपुर क्षेत्र नं. २ को खुल्ला क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाको समेत भूभाग रहेको कञ्चनपुर क्षेत्र नं. २ बाट उहाँले उम्मेदवारी दिनुभएको हो । उहाँले भन्नु्भएको छ “बेदकोटका कार्यकताहरुको दुःखमा शुक्लाफाँटा र कृष्णपुरका कार्यकर्ताहरुले सहानुभूति व्यक्त गर्न सक्ने तथा कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाभित्रका कार्यकर्ताहरुको सुखमा बेलकोटका कार्यकर्ता खुसी बाँड्न सक्ने भावनात्मक एकताको विकास गर्न आफुले उमेदवारी दिएको हुँ ।”

World Link Ads
Mahakali Polytechnic

उहाँले आफुलाई सहयोग गर्न समेत सम्पूर्ण अग्रता नेता तथा पार्टीका संगठित सदस्यहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बेदकोट नगरपालिकामा नगर प्रमुखमा चन्द निर्वाचित हुनुभएको हो । निर्वाचित पश्चात बेदकोट नगरपालिकामा गरेको विकास र नगरवासीहरुको पीडामा उहाँले दिएको साथको कदर गर्दै स्थानीयले पनि उमेदवारी दिन साहस दिनुभएको छ ।

Dirghayu Ads
Sana Kishan

उहाँ बेदकोट नगरवासीको समस्या बुझ्न घरदैले अभियानमा समेत जानुहुन्छ । नगरपालिकाको समस्याहरुलाई टिपोट गरी कार्यपालिकाबाट समस्या सामाधान गर्न पहल गर्न समेत उहाँ कटिबद्ध रहनुभएको छ । उहाँले बेदकोटलाई राष्ट्रियस्तरसम्म चिनाउन बेदकोटमा पर्यटन पूर्वाधारमा समेत जोड दिएको पाइन्छ ।

चन्द बेदकोट नगरपालिकाको नगर प्रमुखको साथै अन्तर–सरकारी बित्त परिषदको केन्द्रिय सदस्य र नेपाल नगरपालिका संघको केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएको छ ।

https://www.facebook.com/com.ashok/posts/2272690112873547

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.