सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको राजधानी दिल्लीमा एक हप्ता स्कुल बन्द,कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन !!

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्ली प्रदूषणले ग्रसित बनेको छ। दिनप्रति दिन प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि स्कुल बन्द गर्ने निर्णय गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले एक हप्‍ता स्कुल बन्द गर्ने घोषणा गरेका हुन्। मुख्यमन्त्री केजरिवालले अगामी सोमबारदेखि एक हप्तासम्म स्कुल बन्द हुने बताएका हुन्।

त्यस्तै सरकारी कर्मचारीलाई पनि घरबाटै काम गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्री केजरिवालले १४ नोभेम्बरदेखि चार दिन कन्स्ट्रक्सनका सबै काममा समेत रोक लगाएका छन्।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

समाचार एजेन्सी एएनआईका अनुसार शनिबार बसेको आकाश्मिक बैठकले यस्तो निर्णय गरेको हो। स्कुलका बालबालिकाको हितमा यस्तो निर्णय गरेको मुख्यमन्त्री केजरिवालले जानकारी दिए। यो अवधिमा अनलाइन कक्षा सञ्चालन गरिने उनले बताए।

Dirghayu Ads

भारतको सर्वोच्च अदालतले दिल्लीमा कम्तिमा दुई दिन लकडाउन गर्न सुझाएको थियो। सर्वोच्चको सुझावअनुसार नै यस्तो निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

 

(annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.