सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेडमा पल्टिने बित्तिकै भुसुक्कै निदाउनुहुन्छ ? यो लक्षणलाई बेवास्ता नगर्नुहोस् !!

केही मानिसहरु बेडमा पल्टिएको घण्टौंसम्म पनि निदाउन सक्दैनन् तर कति भने भुसुक्कै निदाइहाल्छन् । छिटै निदाउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ तर स्वास्थ्य विज्ञका अनुसार छिटो निदाउनु पनि स्वास्थ्यका लागि केही अवस्थामा हानिकारक हुने गर्छ । यसले केही कुरामा संकेत गरिरहेको स्वास्थ्य अधिकारी बताउँछन् ।

निदाउन यति समय लाग्नुपर्छः

यदि तपाईं छिट्टै निदाउनुहुन्छ भने यो राम्रो–नराम्रो दुबै हो । राम्रो कुरा यो हो कि तपाईं ती मानिसमध्ये एक हुनुहुन्छ जो सजिलै निदाउन सक्छन् । नराम्रो कुरा के हो भने तपाईंको शरीरलाई बढी निद्रा आवश्यक परेका कारण तपाईं भुसुक्क निदाउनुभएको पनि हुनसक्छ । स्वास्थ्य अधिकारीका अनुसार धेरैजसो मानिसलाई निदाउनका लागि लगभग ५ देखि २० मिनेटको आवश्यकता पर्छ । यद्यपि, यो मानिसको शरीरको हिसाबले अलग पनि हुनसक्छ ।

World Link Ads
Mahakali Polytechnic

के भन्छन् विज्ञ ?

Sana Kishan

अमेरिकाको बिहेवियरल स्पिल मेडिसिन साइकोलोजिस्ट मिशेल ड्रेरुपका अनुसार यदि तपाईं तीन मिनेट भित्रै निदाउनु हुन्छ र सुतेर उठेपछि ताजा महसुस गर्नुहुन्छ भने तपाईंले यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । यद्यपि, कतिपय अवस्थामा भने तपाईंलाई निद्रा नपुगिरहेका कारण तपाईं बेडमा पल्टिने बित्तिकै निद्रा लागेको हुनसक्ने पनि यसले संकेत गर्छ । यस्तो त्यतिबेला हुन्छ जब तपाईं गलत समयमा सुत्नुभएको छ वा तपाईं चाँडै उठ्नुहुन्छ तर समयमा गहिरो निद्रामा पर्न पाउनुहुन्नँ ।

हुनसक्छन् यस्ता समस्याः

निकै छिट्टै निद्रा लाग्नु स्लीप डिसअर्डरसँग पनि जोडिएको हुनसक्छ । यदि तपाईं राती ६ घण्टा पनि कम सुत्नुहुन्छ भने तपाईंको शरीरले पर्याप्त निद्रा पाइरहेको छैन भनेर बुझ्नुहोस् । यसैकारण पनि तपाईंलाई जतिबेला पनि निद्रा लागिरहेको जस्तो महसुस हुन्छ । खानपिनजस्तै तपाईंको शरीरलाई पनि निद्रा त्यति नै आवश्यकता पर्छ । विशेषज्ञका अनुसार जसको निद्रा पूरा हुन पाउँदैन उनीहरुमा मधुमेह, मुटुरोग, मोटोपना, उच्च रक्तचाप र डिप्रेशनको खतरा बढ्ने गर्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.