सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दोगडाकेदारमा माओवादी केन्द्रको पालिका अधिवेशन मंसिर ११ गते हुने

बैतडीको दोगडाकेदार गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन मंसिर ११ गते हुने भएको छ । नेकपा माओवादी केन्द्र दोगडाकेदार गाउँ कमिटिको शुक्रवार बसेको बैठकले पार्टीको पालिका अधिवेशन मंसिर ११ गते गर्ने निणर्य गरेको हो । अधिवेशनका लागी मान सिंह ऐरीको संयोजकत्वमा ७५ सदस्यीय अधिवेशन आयोजक कमिटि गठन गरिएको नेकपा माओवादी केन्द्र दोगडाकेदार गाउँ कमिटिका सचिव एंबम प्रचारप्रसार समितिका संयोजक धन बहादुर महराले जानकारी दिनुभएको छ । माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यतामा अधिवेशन गरिने महराले बताउनुभयो ।

यस्तै वडा तहको अधिवेशन मंसिर ४ गते गर्ने निणर्य बैठकले गरेको छ । वडा अधिवेशनका लागी प्रत्येक वडाहरुमा ३ सदस्यीय निर्बाचन मण्डल समेत गठन गरिएको छ । यसै बिच पालिका अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्नका लागी बैठकले बिभिन्न समितिहरु समेत गठन गरेको छ । जस अन्र्तगत हेमराज भट्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

Sana Kishan

पार्टीका सचिब धन बहादुर महराको संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । यस्तै गणेश सिह बिष्टको संयोजकत्वमा ३ सदस्यीय मञ्च ब्यबस्थापन समिति र लक्ष्मी दत्त भट्टको संयोजकत्वमा ५ सदस्यीय निर्बाचन मण्डल गठन गरिएको प्रचारप्रसार समिति संयोजक महराले जानकारी दिनुभएको छ । यस अघि गाउँपालिकाका प्रत्येक वडाहरुमा केन्द्रले २९ सदस्यीय अधिवेशन आयोजक कमिटि गठन गरिएको थियो । पार्टी बिभाजन पछि नागरिक स्तरमा गएर संगठन विस्तारको काम गरिरहेको माओवादी केन्द्र अहिले बलियो बन्दै गएको छ । रेडियो बैतडी बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.