

उसले झुक्न जानेन र वीर भयो
आमा कुट्न मानेन अनि वीर भयो
छातीमाथि बज्र पर्यो ढलेन त्यो
झुक्दै लुक्न मानेन र वीर भयो
निस्वार्थी हो डलरमा विकेन ऊ
देशै लुट्न मानेन र वीर भयो
रङ्गिचङ्गी फूलका थुँगा मिलाउँथ्यो
निर्धा चुट्न मानेन र वीर भयो

दुश्मनको कमिसन र ललिपप्मा
मल्की फुट्न मानेन र वीर भयो
सिफारिस


रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट
mesh
