सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुनिलो महका यतिधेरै फाइदाहरु, यसरी प्रयोग गर्दा मिल्छ लाभ !!

मह, हाम्रो भान्साघरमा प्रयोग हुने स्वादिष्ट पदार्थ हो, साथै यसलाई सदियौँदेखि महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गर्दै आएका छौँ । संसारैभरि, हाम्रा पूर्खाहरू महको अनेक लाभहरूको बारेमा राम्रोसँग परिचित थिए। सिद्ध र आयुर्वेद (परम्परागत चिकित्सा पद्धति) मा मह सबैभन्दा महत्त्वपूर्ण अंग हो।

यसलाई छाला र आँखाको रोगको लागि समेत प्रयोग गरिन्थ्यो, साथै जलेको वा घाउ भएको ठाउँमा प्रयोग गरी पट्टीले छोपिन्थ्यो। अहिले, मह माथि थुप्रै वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन्। हाम्रा पूर्वजहरूले महको बारेमा बताएका विभिन्न प्रयोगहरूमाथि अहिले मेडिकल समुदायहरूले परिक्षण गरेर त्यसलाई पुष्टि समेत गरेका छन्।

महको स्वास्थ्य लाभहरू

World Link Ads
Mahakali Polytechnic

१) रगतको लागि राम्रो

तपाईं महलाई विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ, जसले शरीरमा विभिन्न स्तरहरूमा प्रभाव पार्दछ। यदि मनतातो पानीमा मह मिसाएर खाने हो भने, यसले रगतमा हुने रातो रक्तकोषको सङ्ख्यामा लाभदायक प्रभाव पार्दछ।

रातो रक्त कोषिकाहरूले मुख्यतः शरीरको विभिन्न अङ्गहरूसम्म रगतमा अक्सिजन पुरÞ्याउने काम गर्दछ। मनतातो पानीमा मह मिसाएर पिउने हो भने, रगतमा हुने हेमोल्गोबिनको मात्रालाई समेत बढाउँछ, जसले रक्तअल्पता हुन दिँदैन।

जब हाम्रो आहारमा आइरन तत्त्वको कमी हुन्छ वा शरीरले त्यसलाई पर्याप्त रूपमा सोस्न सक्दैन, तब शरीरमा आइरन तत्त्वको कमीले हुने रक्तअल्पता (एनीमिया) देखा पर्छ। यसकारण, रगतले अक्सिजन लैजाने क्षमतामा ह्रास आउँछ।

जब रगतले चाहिने जति अक्सिजन लिएर जान सक्दैन, परिणामस्वरूप थकान, श्वास फुलेर स्वाँ–स्वाँ हुने समस्या, साथै उदासीपन र अन्य समस्याहरू समेत उत्पन्न हुन्छन्। महको सेवन गर्नाले रगतले अक्सिजन लिएर जाने क्षमता बढ्दछ, जसले यी सबै समस्याहरू हटाउन सक्छ।

रगतमा अक्सिजनको मात्रा बढाउन अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि तपाईंको शरीर कति स्वस्थ छ अनि यसको कायाकल्प (बिरामी भइसकेपछि पुनः स्वस्थ हुने क्षमता) कति सहज हुन्छ भन्ने कुरा तपाईंको रगतमा अक्सिजनको मात्रा कति छ भन्ने कुरामा निर्भर गर्दछ।

विशेषगरी, महिलाहरूले यस सन्दर्भमा विशेष ध्यान दिन जरूरी हुन्छ, किनकि उनीहरूले हरेक महिना मासिक चक्र (महिनावारी) बाट गुज्रिनु पर्ने हुन्छ। त्यसबेला, महिलाहरूको शरीरबाट बढी रगत बाहिर निस्किने हुँदा, उनीहरूमा एनेमियाको सम्भावना उच्च भएको पाइन्छ । यदि मस्तिष्कमा उचित मात्रामा रगत प्रवाह हुन सकेन भने, शरीर र दिमागले जुन रूपमा काम गर्नुपर्ने हो, त्यसरी काम गर्न सक्दैनन् ।

२) रक्तचाप सुन्तुलित गर्छ

महको नियमित सेवनले रक्तसञ्चार–प्रणाली र रगतको रासायनिक गुणमा सन्तुलन ल्याउनुको साथै तपाईंलाई उर्जावान् र फूर्तिलो समेत बनाउँछ। यदि बसिरहेको अवस्थाबाट जरूक्क उठ्दा तपाईंलाई चक्कर लाग्दछ भने, सम्भवतः तपाईंको रूक्तचाप निम्न भएको हुन सक्छ।

निम्न रक्तचाप हुनु भनेको दिमागमा पर्याप्त अक्सिजन नपुग्नु हो। त्यसैगरी, यदि तपाईंले टाउको झुकाउँदा वा निहुराउँदा तपाईंलाई चक्कर लाग्दछ भने, सम्भवतः तपाईंमा उच्च रक्तचाप भएको हुन सक्छ। उच्च रक्तचाप हुँदा वा अक्सिजनको कमीको कराणले तपाईंलाई चक्कर आउँछ।

महको सेवनले शरीरमा भएका यी असन्तुलनहरूलाई ठिक गर्दछ । शरीरको आवश्यकता अनुसार शरीरमा रगतको दबाब बढ्दछ । मानिसहरू सोच्छन् कि उच्च रक्तचाप एउटा समस्या हो । त्यसो होइन।

वास्तवमा, शरीरले आफ्नो आवश्यकता अनुसार रगतको चाप निर्धारण गर्दछ । यदि केही कारणवश, शरीरमा सामान्य स्तरभन्दा बढी रगत र अरू पोषक तत्त्वहरू जरूरी भयो भने, वा रगतको गुण जस्तो हुनुपर्ने हो, त्यस्तो छैन भने, अङ्गहरूमा छिटो र जोडले रगतको प्रवाह हुन रक्तसञ्चार बढ्दछ । यसको लागि मुटुले जोडले रगत फाल्दछ (पम्प गर्दछ), जसकारण रगतको चाप बढ्दछ।

निम्न रक्तचापको सन्दर्भमा, शरीरले आफेँ कम पम्प गर्न थाल्दछ । वा, जन्मजात नै केही कारणवश मुटु कमजोर भएकोले शरीरको आवश्यकता अनुरूप रगत पम्प गर्न नसकेको हुन सक्छ । अथवा, रक्तसञ्चार–प्रणालीमा वा रगतको रसायनमा केही समस्या हुन सक्दछ ।

प्रायः एकैपटक थुप्रै कारणहरूले यस्तो अवस्था सृजना हुन सक्दछ । त्यसैगरी, उच्च रक्तचापको कारण अन्य परिणामहरू देखिन थाल्छन्, तर सर्वप्रथम उच्च रक्तचाप आफैँमा परिणाम हो– उच्च रक्तचाप परिणाम हो, कारण होइन ।

रक्तसञ्चार–प्रणालीमा वा रगतको रसायनमा सन्तुलन कायम गर्नु अत्यन्तै आवश्यक छ । महको सेवन गर्नाले यसले सन्तुलन ल्याउने मात्र नभई तपाईंलाई स्फूर्ति र उर्जाले भर्दछ ।

३) कीमोथेरापीमा लाभदायक

केही प्रारम्भिक अनुसन्धानबाट आएको परिणामले यो बताएको छ कि महको सेवनले कीमोथेरापीको बिरामीहरूमा सेतो रक्त कोषिकाहरूको सङ्ख्या कमी हुन दिँदैन । सानो स्तरमा गरिएको एउटा प्रयोगमा, कीमोथेरापीको बेला सेतो रक्त कोषिकाहरूको कमीको जोखिम भएका ४०५ बिरामीहरूलाई उपचारको रूपमा प्रत्येक दिन दुई चम्चा मह दिइएको थियो, जसकारण त्यो समस्या पुनः देखिएन ।

४) चिनीको दाँजोमा उत्तम

सेतो चिनीले हाम्रो शरीरमा पार्ने हानिकारक असरहरूको बारेमा थुप्रै चर्चाहरू गरिएको छ । मह एकदमै उत्तम विकल्प हो, किनकि यो त्यति नै मिठो हुन्छ अनि यसबाट कुनै हानि समेत हुँदैन । महको रासायनिक तत्त्वहरूमा चिनीको गुण हुने भए तापनि यो सेतो चिनीको तुलनामा निकै भिन्न हुन्छ । महमा डेक्सट्रिन भन्ने स्टार्चयुक्त फाइबर हुन्छ । यो मिश्रणले शरीरमा सुगर (चिनी) को स्तरलाई सन्तुलित राख्न सहयोग गर्दछ ।

५) योग–अभ्यासमा सहायक

योग–साधना गर्ने व्यक्तिहरूका निम्ति दैनिक मह सेवन गर्नु निकै लाभदायक हुन्छ । योगको अभ्यास गर्नेहरूले आफ्नो शरीरलाई विशेष अवस्थामा लैजाने प्रयास गरिरहेका हुन्छन्, जसको लागि रक्तसञ्चार– प्रणाली एवं रगतको रसायनलाई सन्तुलनमा राख्नु अपरिहार्य हुन्छ ।

नियमित महको सेवन गर्नाले यसले त्यसमा सन्तुलन ल्याउँछ, साथै तपाईंको शारीरिक प्रणाली पनि बढी जीवन्त हुन्छ । अभ्यास सुरु गर्नुभन्दा अगाडि मनतातो पानी थोरै मह राखेर पिउनाले पूरै शरीर सक्रिय हुन्छ।

६) जीवाणु–प्रतिरोधी

महको सेवनले रोग–प्रतिरोधक तत्त्वहरू बढाउँछ, हानिकारक सूक्ष्म–जीवहरूसँग लड्दछ अनि शरीरको प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउँछ। थुप्रै अध्ययनहरूले घाउ र चोटपटकको उपचारमा समेत महको प्रयोगमा विचार गर्न थालेका छन् । परम्परागत चिकित्सामा, श्वास–प्रणाली सम्बन्धी सङ्क्रमणको उपचारमा महको प्रयोग गरिन्थ्यो।

दम र अत्यधिक कफको समस्या छ भने, दैनिक मह सेवन गर्नु अत्यन्तै लाभदायक हुन्छ। केही अनुसन्धानहरूले यो पत्ता लगाएका छन् कि मेडिकल–ग्रेड महले खानाबाट उत्पन्न हुने जीवाणुहरूलाई नष्ट गर्न सक्छ। एन्टीबायोटिकले समेत असर गर्न नसकेको ब्याक्टेरियासँग लड्नको लागि मह प्रभावकारी प्रमाणित भएको छ।

एन्टीबायोटिकले जीवाणुहरू (ब्याक्टेरिया) बढ्दै गरेको बेला हमला गर्दछ, जसले गर्दा ती जीवाणुहरूलाई प्रतिरोधी क्षमता विकसित गर्ने अवसर प्राप्त हुन्छ। जबकि, महले कैयौँ स्तरहरूमा सङ्क्रमणसँग लड्दछ, जसकारण जीवाणुहरूको लागि प्रतिरोधी क्षमता विकसित गर्न कठिन हुन्छ।

७) रुघा–खोकीको उपचार

यदि तपाईं चिसो सम्बन्धी रोगहरू– विशेषगरी रुघा–खोकी– बाट पीडित हुनुहुन्छ भने, वा हरेक बिहान तपाईंको नाक बन्द भइरहन्छ भने, तपाईंले नीम, कालो मरिच, मह र बेसार सेवन गर्नुपर्छ। यसबाट अत्यन्तै फाइदा हुन्छ।

तरिका १

१०–१२ दाना कालो मरिचलाई हलुकासँग कुट्नुहोस् अनि सानो चम्चाको दुई चम्चा महमा रातभरि भिजाउनु होस्। बिहान मह र मरिच खानुहोस्, मरिचलाई राम्रोसँग चपाएर खानुपर्छ । यसमा थोरै बेसार पनि मिसाउन सकिन्छ।

तरिका २

नीमको पातलाई पिसेर पेस्ट बनाउनुहोस् अनि त्यो पेस्टको ससाना डल्लो बनाउनु होस् । हरेक बिहान त्यसलाई महमा डुबाउनु होस् अनि खाली पेटमा निल्नुहोस् । अर्को एक घण्टासम्म केही नखानुहोस्, ताकि नीम तपाईंको शरीरमा फैलिन सकोस् ।

यसले छाला वा खाना सम्बन्धी हुने एलर्जीहरूमा समेत लाभ दिन्छ । नीममा थुप्रै औषधीय गुणहरू हुन्छन् । यदि तपाईंलाई नीमको पात बढी तीतो लाग्छ भने, कोमल पातहरू खान सक्नुहुन्छ जुन कम तीतो हुन्छन् ।

८) शक्तिवर्धक खाद्य पदार्थ

परम्परागत चिकित्सामा, महलाई तुरुन्तै उर्जा बढाउने औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । महमा अनेक प्रकारका चिनी–कणहरू (सुगर मोलिक्यूल) हुन्छन्, विशेषगरी ग्लुकोज र फ्रुक्टोज । सेतो चिनीमा, सुक्रोज हुन्छ जुन फ्रुक्टोज र ग्लुकोजको मिश्रण हो ।

जबकि, महमा यी दुवै छुट्टाछुट्टै हुन्छन् । यसैकारण, महले तत्काल शक्ति प्रदान गर्दछ । महमा स–सानो मात्रामा थुप्रै भिटामिन र मिनिरल– क्यालसियम, कपर, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम, जिङ्क– हुने भएकोले महको सेवन गर्नु एकदमै लाभदायक हुने बताइएको छ ।

९) पाचनमा सघाउँछ

महले कब्जियत, पेट फुल्ने र ग्यास्ट्रिकको समस्यालाई कम गर्दछ । महमा केही सहायक ब्याक्टेरियाहरू समेत प्रचुर मात्रामा हुन्छन्, जसले पाचनमा सघाउँछ, प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउँछ अनि एलर्जी समेत कम गर्दछ । चिनीको सट्टामा महको प्रयोग गर्नाले आमाशय वा पेटमा उत्पन्न भएको विषालु प्रभावहरू कम गर्दछ ।

१०) छाला सम्बन्धी रोगहरूमा प्रभावकारी

छाला सम्बन्धी रोगहरूमा मह निकै लाभदायक हुन्छ । ३० जना बिरामीहरूमा गरिएको सानो स्तरको अध्ययनमा सहभागीहरूले हरेक दोस्रो दिन २–३ मिनेटसम्म समस्याग्रस्त क्षेत्रहरूमा अप्रशोधित महद्वारा मालिस गरेका थिए । मह दलिसकेपछि यत्तिकै तीन घण्टासम्म छोडियो, अनि मनतातो पानीले धोइयो।

सबै बिरामीहरूलाई यो उपचारबाट फाइदा भयो । एक हप्ताभित्रै चिलाउने समस्या हराउँदै गयो, दुई हप्तामै घाउ निको भएको थियो । बिरामीहरूको कपाल झर्ने समस्यामा पनि सुधार देखियो । यसबाहेक, जो बिरामीहरूले हप्तामा एकपटक मह लगाउँदै ६ महिनासम्म उपचार जारी राखे, उनीहरूमा यो समस्या पुनः देखिएन।

Sana Kishan

११) बच्चाहरूलाई गहिरो निन्द्रामा सुत्न मद्दत गर्दछ

कैयौँ अध्ययनहरूको सुरुवाती परिणामहरूले यो दर्शाएका छन् कि महको सेवनले बच्चाहरूको निन्द्रा गहिरो हुन सक्दछ । आमाबुबाहरूको अभिमतमा आधारित यस अध्ययनबाट यो निष्कर्ष निकालिएको थियो कि महको सेवनले रातीको समयमा बच्चाहरूमा कफ सम्बन्धी समस्याहरू कम गरÞ्यो, जसले गर्दा बच्चाहरू गहिरो निन्द्रामा सुत्न सकेका थिए ।

ध्यान दिनुपर्ने कुराहरूः

जुन मह गाढा रङ्गको हुन्छ, त्यसमा बढी एन्टीअक्सिडेन्ट हुन्छ । महलाई कुनै भाँडामा राखेर राम्रोसँग बन्द गरेर राख्नाले यो बिग्रिँदैन, यसलाई लामो समयसम्म राख्न सकिन्छ ।

एक वर्षभन्दा कम उमेरका शिशुहरूलाई मह दिनुहुँदैन, किनकि त्यसमा बोटुलिजम ब्याक्टेरियाको जीवाणुहरू हुन सक्छन्, जसले गर्दा बच्चाहरू बिरामी पर्न सक्छन् । यी जीवाणुहरू धुलो र माटो पाइन्छ, जुन महमा जान सक्छ । शिशुको शरीर यस प्रकारको सङ्क्रमणबाट आफूलाई बचाउनको लागि तयार भइसकेको हुँदैन ।

सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा यो हो कि महलाई कहिल्यै उम्लिएको पानीमा हाल्नु हुँदैन, साथै यसलाई कहिल्यै पकाउनु समेत हुँदैन । किनकि, एउटा निश्चित तापक्रममा पुगेपछि महको केही अंश विषालु हुन्छ । त्यसैले, महलाई कि त चिसो पानीमा वा मनतातो पानीमा मिसाएर पिउन सकिन्छ ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह–रोगको सन्दर्भमा मह र सेतो चिनीको असर उस्तै हुन्छ । दुवैले रगतमा चिनीको मात्रा बढाउँछन्, त्यसैले मधुमेहका बिरामीहरूले त्यही अनुसार ध्यान दिनुपर्ने हुन्छ ।

महको प्रयोगः आयुर्वेद र सिद्ध चिकित्सा

महको फाइदाहरूको बारेमा यस संस्कृतिमा जति खोज गरिएको छ, त्यो सायद अन्त कतै भएको छैन । महलाई मानवजातिको लागि प्रकृतिको उपहार मानिएको छ, साथै हरेक भान्साघरमा हुनैपर्ने चीज भन्ने गरिन्थ्यो । १२ महिनाभन्दा बढी उमेरका जो–कोहीका निम्ति, महलाई आफ्नो आहारको महत्त्वपूर्ण अङ्ग मानिन्थ्यो । महलाई सुपाच्य खाद्य पदार्थ मानिन्छ, जसलाई सजिलैसँग पचाउन सकिन्छ ।

दुवै चिकित्सा पद्धतिहरू– आयुर्वेद र सिद्ध– मा महलाई औषधीहरूको वाहकको रूपमा प्रयोग गरिन्छ । आयुर्वेदिक औषधीलाई महसँग मिसाएर खाँदा, शरीरले एकदमै सजिलोसँग र छिटो आफूमा समाहित गर्दछ, साथै रक्तसञ्चारको माध्यमले पूरै शरीरमा फैलिन्छ । यस्तो भनिन्छ कि महले औषधीको गुणलाई कायम राख्दै, यसलाई लामो समयसम्म प्रभावकारी बनाउँछ ।

सिद्ध ग्रन्थहरूमा ऊष्ण सम्बन्धी समस्याहरू, अत्यधिक कफ, वान्ता, ग्यासट्रिक जस्ता समस्याहरू तथा रगतमा हुने अशुद्धिहरूको उपचारमा समेत महको प्रयोग गर्ने सुझाव दिइएको छ । सिद्ध ग्रन्थमा सातवटा विभिन्न प्रकारका महहरूको पहिचान गरिएको छ, जसमा घना पहाडी वनहरूबाट जम्मा गरिएको महमा औषधीय गुण सबैभन्दा बढी हुने बताइएको छ । यो महमा कैयौँ औषधीय वनस्पतिहरूको गुण हुन्छ ।

महको प्रयोग अनि परम्परागत उपचार

मह–पानी

एक गिलास पानीमा (सामान्य तापक्रम), सानो चम्चाको १–३ चम्चा मह मिसाउनुहोस् अनि दिनमा दुई पटक पिउनुहोस् । यसले स्नायु प्रणालीमा हुने कमजोरीलाई हटाउन सहयोग गर्छ।

एक गिलास मनतातो पानीमा, सानो चम्चाको १–३ चम्चा मह मिसाउनुहोस् अनि पिउनुहोस्। यसले तरुन्तै स्फूर्ति बढाउँछ, साथै तौललाई सन्तुलनमा ल्याउन सहयोग गर्छ।

मह–कागती

दरफरिएको वा रगडिएको ठाउँमा मह लगाउनाले घाउ चाँडै निको हुन्छ अनि दाग पनि हल्का हुन्छ । दिनमा दुई पटक, २०–२० मिनेटको लागि, मह र कागतीको रसको बराबरी भाग मिसाउएर लगाउनुहोस् । यसले अनुहारको भएको कालो दाग हटाउन सक्छ ।

पिय पदार्थको रूपमा प्रयोग गर्ने तरिकाहरू

तरिका १

अदुवा पिस्नुहोस् र त्यसको रस निकाल्नु होस् । रसलाई १५ मिनेटसम्म सिसाको भाँडामा राख्नुहोस् ।

पिँधमा रहेको पदार्थलाई यत्तिकै छोड्नुहोस् र सफा रसलाई ५–६ दिनसम्म फ्रिजमा राख्नुहोस् ।

सानो चम्चाको दुई चम्चा अदुवाको रस र दुई चम्चा मह मिसाउनुहोस् अनि हरेक बिहान खाली पेटमा खानुहोस् । यसलाई रगतलाई शुद्ध गर्न मद्दत गर्दछ । यसलाई हरेक छ महिनामा एक पटक ४८ दिनहरूसम्म खान सक्नुहोस् ।

तरिका २

ताजा अदुवा धोएर बोक्रा फाल्नुहोस् ।

अदुवालाई ससाना टुक्रामा काट्नुहोस् । चौडा मुख भएको सिसाको भाँडामा मह राख्नुहोस् अनि अदुवाको टुक्राहरू त्यसमा डुबाउनु होस् ।

भाँडाको मुखलाई पातलो, सेतो, सुतीको कपडाले ढाक्नुहोस् अनि १२ दिनसम्म घाममा राख्नुहोस् ।

हरेक बिहान र बेलुका २–४ टुक्रा अदुवा खानुहोस् । यसबाट अजीर्ण वा अपच सम्बन्धी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ।

तरिका ३

तीन चौथाइ कप पानीमा सानो चम्चाको चार चम्चा अदुवाको रस, चार चम्चा मह अनि दुई चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसो गर्नाले, छिट्टै चिसोले समात्ने समस्या हुँदैन।

तरिका ४

एउटा अनारको ताजा रस लिनुहोस् अनि सानो चम्चाको एक चम्चा मह मिसाउनुहोस्। हरेक बिहान खाली पेटमा खानुहोस्।

खजुर वा छोहोरा (छोकडा) मा स–साना प्वाल बनाउनुहोस् अनि महमा मिसाउनुहोस् । दिनमा दई पटक २–४ पटक यो छोहोरा खानुहोस् । यसले मुटुलाई राम्रो गर्दछ।

तरिका ५

गर्मीको समयमा यसरी प्रयोग गर्न सकिन्छः

खरबुजा काट्नुहोस्, बीउ निकाल्नुहोस् अनि काटेर मिक्स्चरको जारमा हाल्नुहोस् ।

अदुवाको बोक्रा फालेर थिच्नुहोस् अनि जारमा हाल्नुहोस् । (अदुवाको टुक्रा लगभग एक इन्च)

१⁄४ कप ताजा पुदिनाको पात, स्वाद अनुसारको नुन, कालो मरिचको धुलो र ठुलो चम्चाको तीन चम्चा मह मिसाउनु होस् ।

मसिनो पेस्ट नबनुन्जेलसम्म ग्राइन्ड गर्नुहोस् । यसलाई छान्नुहोस्। अनि, गिलासमा हालेर पिउनुहोस्।

रोचक जानकारीहरू– मौरी र मह

मौरीहरूको लगभग २५,००० प्रजातिहरू रहेका छन्, जुनमध्ये केही दुर्भाग्यवश लोप हुने अवस्थामा पुगेका छन्।

सुपरमार्केटमा पाइने लगभग ८०५ प्रतिशत खाद्यान्न मौरीहरूको पराग–सेचनको परिणाम हो।

६००० इपू मा मानिसहरूले पहिलो पटक मह जम्मा गर्न थालेको प्रमाण पाइन्छ। यो कुरा एउटा गुफाको चित्रकलामा दर्शाइएको छ।

५०० ग्राम मह बनाउनको लागि मौरीहरूलाई पराग खोज्नको लागि १ करोड पटक भौँतारिनु पर्छ, जुन विश्वको १.५ परिक्रमा बराबर हुन आउँछ।

मह यस्तो पदार्थ हो, जसको रासायनिक संरचना लगभग मानिसको जस्तै हुन्छ। महलाई जसरी प्रयोग गरिन्छ, सोहीअनुसार यसको भिन्न प्रभावहरू हुन्छन्। महलाई यत्तिकै खाँदा, वा चिसो पानीमा मिसाएर खाँदा वा मनतातो पानीमा मिसाएर खाँदा शरीरमा भिन्दाभिन्दै प्रभाव हुन्छ। नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.