सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीरको कुनै पनि अंगको दुखाइलाई बेवास्ता नगर्नुस्

शरीरको कुनै पनि अंगमा हुने दुखाइलाई बेवास्ता गर्न सकिदैन । हात गोडा दुख्दा बाम लगाउने, टाउको दुख्दा दुखाई कम गर्ने औषधि खाने, पेट दुख्दा एसिड कम गर्ने औषधि खाने गरिन्छ । शरीरको कुनै पनि अंग दुख्दा त्यसलाई औषधि खाएर दबाउने कोसिस गर्नुहुँदैन । यसरी दुखाइलाई दबाउनुले शरीर विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुँदै जान सक्छन् ।

प्रायः मानिसहरुले कुनै न कुनै प्रकारको दुखाइको अनुभव गरिरहेका हुन्छन् । कहिलेकाँही यस्तो दुखाई केही समयको लागि मात्र हुन्छ र औषधिको सेवनपछि निको पनि हुन्छ । तर, कुनै कुनै अंगमा हुने दुखाई बारम्बार बल्झिरहन्छ । दुखाई लामो समयसम्म रहिरहन्छ । यस्तो प्रकारको दुखाइलाई बेवास्ता गर्नुहुँदैन ।

लामो समयसम्म दुख्नु र बारम्बार दुखाई बल्झिनुको पछाडि विभिन्न कारणहरु हुनसक्छन् । यस्तो दुखाइलाई दुई भागमा बाँड्न सकिन्छ । पहिलो एक्युट र अर्को क्रोनिक । एक्युट दुखाई अन्तरगत चोटको कारण हुने दुखाई हो । यस्तो दुखाई अत्यधिक पीडा हुने खालको हुन्छ । यो दुखाई केही समयको उपचारपछि निको हुन्छ । अर्को दुखाइलाई क्रोनिक दुखाई भनिन्छ । यो दुखाई विस्तारै सुरु भएर तीव्र गतिमा फैलिन्छ । र लामो समयसम्म पीडा महसुस भइरहन्छ । यो दुखाइले कुनै गम्भीर प्रकृतिको रोगको संकेत गर्छ । जसको उपचार आवश्यक छ । यसले शरीरमा हुने गडबडीको पनि पूर्व संकेत गरेको हुनसक्छ ।

World Link Ads
Mahakali Polytechnic

कहिलेकाँही यस्तो दुखाइले शारीरिक र मानसिक लक्षण पनि बढाउँछ । यस्तो अवस्थामा नजिया हुने, घबराहट हुने, बान्ता हुने, चक्कर लाग्ने, कमजोरी र चिडचिडाहट, निराशा, डिप्रेसन, मुड स्विङ जस्ता लक्षणहरु देखिन्छन् । दुखाई लामो समयसम्म रहँदा बेचैनी बढ्छ । त्यसैले जबसम्म दुखाइको भित्रि कारणसम्म पुगेर उपचार हुँदैन । तबसम्म दुखाई बढिरहन्छ । जसले शरीर र मस्तिष्कमा समस्या बढाउँछ ।

Dirghayu Ads
Sana Kishan

सामान्यतयाः मानिसमा कम्मर वा ढाडको दुखाई, टाउको दुख्ने, दाँत दुख्ने, गर्धन दुख्ने, हात गोडा दुख्ने, जोर्नीहरू दुख्ने, पेट दुख्ने, औँलाहरु, पाखुरा आदि दुख्ने गर्छ । यस्तो दुखाइको कारण कुनै पनि प्रकारको सर्जरी, हड्डीमा भएको लिगामेन्ट्स टुट्ने, मांसपेशीहरूमा क्षति हुने, ट्युमर बढ्नु, गहिरो घाउ हुनु, क्यान्सरको दुखाई, ट्राइजेमिनल न्यूरालजिया, नसामा क्षति हुनु आदि हुन सक्छ ।

बारम्बार दुखिरहँदा गम्भीर स्थिती पनि आउन सक्छ । यसका कारण शरीरको कुनै अंग सधैको लागि काम नलाग्ने बन्न सक्छ । यस्तो दुखाइलाई बेवास्ता गर्दा अपांगता पनि हुन सक्छ । त्यसैले यस्तो दुखाइको समयमा नै उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

यस्तो दुखाइबाट राहत पाउनका लागि चिसो वा तातो चिजले सेक्ने, फिजियोथेरापी गर्ने आदि गर्न सकिन्छ । त्यसका लागि चिकित्सकसँग आवश्यक सल्लाह लिन आवश्यक छ । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.