सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोखरा–काठमाण्डौ सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थ मन्त्री जनार्दन शर्मा

अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डौ सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।

Sana Kishan

‘पोखरा–काठमाण्डौलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘पोखरा–काठमाण्डौ सडक मार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याज दर घटाउनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए । उज्यालो  अनलाइन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.