सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जो देशका लागि आईसीयूबाट निस्किएर मैदानमा डटे !

126
Sana Kishan

यूएईमा जारी टी–२० विश्वकपमा पाकिस्तानको रवाफिलो प्रदर्शनको औपचारिक अन्त भएको छ । सेमिफाइनलमा उच्च स्कोरका बाबजुद पाकिस्तान अस्ट्रेलियासँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो । पाकिस्तान समूहचरणमा लगातार पाँच खेलमा जित निकालेर अपराजित रहेको थियो ।

पाकिस्तान प्रतियोगितबाट बाहिरिए पनि उसको प्रदर्शनको तारिफमा दिग्गज खेलाडी अघि सरिरहेका छन् । अझ धेरै तारिफ ओपनर मोहमद् रिजवानको भइरहेको छ । उनले अस्ट्रेलिया अघिको खेलअघि जे भयो त्यो साँच्चिकै अविश्वसनीय रह्यो । उनी सेमिफाइनलको खेलअघि छातिमा देखिएको समस्याका कारण दुई दिन आईसीयूमा रहे । आईसीयूबाट निस्किएर उनी मैदानमा पुगे । जहाँ उनले पाकिस्तानका लागि सर्वाधिक ६७ रनको योगदान दिए ।

Arus

जारी विश्वकपमा दुबईमा टस हार्नु खेल हार्नुसरह हुँदै आएको छ । पाकिस्तान पनि टस हारेर पहिले ब्याटिङमा उत्रियो । ४ विकेट गुमाएर १७६ रनको उच्च स्कोर तयार ग¥यो । यो स्कोरमा अहम् भूमिका यिनै रिजवानको रह्यो । जहाँ उनी पूर्ण फिटमात्र होइन बिरामी अवस्थामा नै मैदानमा डटेका थिए ।

Nepali Khaja
Karnali Traders

सेमिफाइनल भिडन्तमा उत्रिनुअघि रिजवान दुई रात आईसीयूमा रहेका थिए । उनको छातीमा समस्या भएपछि दुबईको एक अस्पतालमा भर्ना गरिएको थियो । र तत्काल आईसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई सेमिफाइनलको बिहानमात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो । कप्तान बाबर अजामले भने‚ ‘उनले साँच्चै नै उत्कृष्ट खेले । मलाई उनलाई गाह्रो हुन्छ कि भन्ने लागिरहेको थियो । त्यसैले उनलाई स्वास्थ्यबारे सोधिरहेको थिएँ । उनले टीमका लागि खेल्न तयार छु भनेपछि मलाई विश्वास लाग्यो र हामी मैदानमा सँगै उत्रियौँ ।’

त्यसो त बाबर र रिजवानको यो जोडीले साँच्चिकै लोभलाग्दो प्रदर्शन ग¥यो । बाबरले चार अर्धशतक प्रहार गर्दै ६ खेलमा ३ सय ३ रन बनाए भने रिजवानले तीन अर्धशतक प्रहार गर्दै २ सय ८१ रन बनाए । उनीहरूलाई अस्ट्रेलियाका डेभिड वार्नरले २ सय ३६ रनका साथमा पछ्याइरहेका छन् ।

रिजवान आईसीयूबाट उठेर मैदानमा उत्रिएको समाचार बाहिरिएसँगै पाकिस्तानका ब्याटिङ कोच म्याथ्यू हेडनले रिजवानको खुलेर प्रशंसा गरे । उनले भने‚ ‘उनी एक योद्धा हुन् । विश्वकपका दौरान उनले उत्कृष्ट खेल खेले । अद्वितीय साहसका साथ मानमा डटेर खेले । अझ अस्ट्रेलियासँगको खेलअघि जे भयो र त्यसपछि उनी पुनः मैदानमा आए त्यसका लागि प्रशंसाका शब्द छैनन् ।’ मकालु खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

60  +    =  65