सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लाका भूमिहीनहरुद्धारा जग्गामा स्वामित्वको माग

कञ्चनपुर – जिल्लाका भूमिहीनहरुले जग्गामा स्वामित्वको माग गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्तकमैया महिला तथा अव्यवस्थित बसोवासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।

सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरुले बहादुरसिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन्।

“हाम्रा नाममा पटकपटक आयोग र कार्यदल बन्ने र विघटन गर्ने काम हुँदै आएको छ”, संयोजक महराले भने, “वर्षौंदेखि समस्या ज्यूँका त्यूँ छन्।”

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सङ्घर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने उनी बताउँछन्। समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापनपत्र बुझाउने तयारी गरेको छ।

Dirghayu Ads

कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.