Bedkot Samudayik Ban

बैतडी: प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा शुरु

Sana Kishan
Total
22
Shares

बैतडी – बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमीका दिन सो मन्दिरमा जात्रा शुरु भएर कार्तिक शुक्ल अष्टमीका दिन समापन हुने गर्दछ ।

Arus

रांगाको बलिसहित त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गरेको स्थानीय आनन्दमणी भट्टले बताए । उनले भने ‘हरेक बर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।’

त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको भट्टले बताए । विभिन्न भाकल सहित भारतीय दर्शनार्थी आउने गरेको उनले बताए ।

यस्तै जिल्लाका प्रसिद्ध धामहरु आज जात्रा सम्पन्न भएका छन् । शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा यो बर्षको जात्रा समापन भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । सो मेला दर्शनार्थीहरुले भकुण्डो खेल्दै भैलो समेत गाउने गरेका छन् । शिवनाथ मन्दिरमा हरेक बर्षको कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।

Karnali Traders

यस्तै जिल्लाको प्रसिद्ध रौलाकेदार धाममा पनि आजै जात्रा सम्पन्न भएको छ । बिहीबारदेखि शुरु भएको जात्रा आज बिशेष पूजाआजा पछि समापन भएको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । बाह्रज्योतिलिंग मध्येको केदारनाथ ज्योतिर्लिंगको नामले समेत परिचित रौलाकेदार धाममा हरेक बर्ष कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । सगुन खबर बाट सभार

Total
22
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
22
Share