सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी कन्ट्रोल गर्ने ब्लड प्रेसर घरमै ? यस्तो छ उपाय !!

नुन कम खाने : अधिक नुन सेवन उच्च रक्तचापको कारण बन्छ । प्रायः मान्छेहरु दिनमा १०–१२ ग्राम नुन खान्छन् । नुनले रक्तचाप बढाउँछ । त्यसैले दिनमा ६ ग्राम भन्दाबढी नुन खानु हुँदैन । तयारी खानामा नुनको मात्रा धेरै हुने भएकोले त्यस्ता खाने कुराबाट टाढै रहन सके राम्रो हुन्छ ।

फलफूल र सागपात खाने : फलफूल र सब्जी पोटासियमका उत्तम स्रोत हुन् । यसले रक्तचापलाई कम गर्दछ । फलफूल र सब्जी घटीमा दिनको पाँच पोर्सन खानुपर्छ । हरियो सागपातले मानिसलाई फुर्तिलो बनाउँछ र यसले मुटु बलियो बनाउँछ ।

क्रियाशील बन्ने ; सम्भव भएसम्म तन्दुरुस्त हुने कोसिस गनुपर्छ । यसले लामो अवधिमा रक्तचाप कम गर्नुका साथै स्वस्थ्यकर वजन राख्न मद्दत गर्दछ । हप्ताको पाँच दिन दैनिक कम्तीमा ४५ मिनेट व्यायाम गर्नुपर्छ । सबैभन्दा राम्रो व्यायाम भनेको दौडिनु हो । दौडिन सकिएन भने सामान्य हिँडडुल गरे पनि हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

मदिरा कम पिउने : अत्याधिक मदिरा सेवनले रक्तचापलाई अधिक असर गर्दछ । यसले स्ट्रोक हुने जोखिम बढाउँछ । हप्ताको १४ युनिटभन्दा कम पिउने सल्लाह दिइन्छ । एक यनिटमा २५ मिलिलिटर ह्विस्की ९१पेग०, आधी प्वाइन्ट वियर , एउटा सानो गिलास वाइन ९१२५मिलिलिटर० हुन्छ ।

तौल घटाउने : बढी तौलको हुनुहुन्छ भने रक्तचाप बढी हुन्छ । उचाइअनुरुप ठीक तौलको हुनुहुन्छ भने उच्चरक्तचाप हुने सम्भावना कम हुन्छ । उल्लेखित पाँच किसिमको परिवर्तनले उच्च रक्तचाप कम गर्न ठूलो सहयोग मिल्छ । स्वस्थकर खाना र व्यायामले शक्तिको लेबल बढाउँछ शरीरमा फुर्ति आउँछ ।

Sana Kishan

धूम्रपान छोड्ने : रक्तचाप बढेपछि ब्लड भेसल साँघुरिन्छ, धूम्रपानले यही गर्दछ । तपाई धूम्रपान गर्नुहुन्छ र उच्च रक्तचाप छ भने आर्टेरीहरु धेरै चाडै साँघुरीन सक्छन् । यसले स्ट्रोक सर हृदयघातको जोखिम अत्याधिक बढ्छ । ब्लड भेसल साँघुरिँदा कतिपय पुरुषहरु नपुंसक पनि बन्छन् ।

चिल्लो कम गर्ने : आहारमा चिल्लो कम गर्नुपर्छ । सम्भव भएसम्म स्याथुरेटेर फ्याट निकै कम खानु पर्छ । स्याथुरेटेर फ्याट पाइने खानामा मासु ,कुखुराको छाला ,चीज ,केक ,बिस्कुट , तयारी खाना आदि पर्दछन् ।

चिन्ता कम गर्ने : चिन्ताले रक्तचाप बढाउँछ । सत्य हो कि चिन्तित मनले अस्थायी रुपमा रक्तचाप बढाउँछ तर बैज्ञानिक हिसाबले स्थायी रक्तचाप बढाउँछ चनेर प्रमाणित गरिएको छैन । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । अस्वस्थकर खानेबानीलाई प्रोत्साहित गर्न सक्छ ।व्यायाम गरेमा चिन्ता केही हदमा दूर गर्न सकिन्छ रक्तचाप पनि कम हुन्छ ।

मधुमेह नियन्त्रण गर्ने स् रगतमा चिनीको मात्रा बढी भए या बाक्लो र टाँसिने हुन्छ । शरीरभरि रगत पम्प गर्न मुटुले कडा मेहनत गर्नुपर्छ । मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना प्रवल हुन्छ । क्रियाशील जीवनले उच्च रक्तचापको जोखिम कम गर्न मद्दत गर्छ । नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.